नेभिगेशन
समाज

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

तनहुँ। सूर्य नेपाल प्रा.लि.को संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकामा स्थापना गरिएको सामुदायिक फोहोर व्यवस्थापन केन्द्र नगरपालिकालाई हस्तान्तरण गरिएको छ । सूर्य नेपालले नगरप्रमुख श्री कृष्णराज पण्डितलाई केन्द्र हस्तान्तरण गरेको हो। केन्द्रले नगर क्षेत्रमा उत्पादन हुने फोहोरको व्यवस्थित संकलन, प्रशोधन तथा पुनःप्रयोगमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर फाल्ने प्रवृत्ति न्यूनीकरण गर्नुका साथै प्राकृतिक वातावरणमा पुग्ने फोहोरको मात्रा घटाउन सहयोग गर्नेछ ।

21436501-0f0a-4612-bb2b-6028cd94cd5f-1791812485.jpg
केन्द्रको सञ्चालनसँगै फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउन घरपरिवार तहदेखि नै फोहोरको वर्गीकरण र व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत सुरु गरिएको छ। गैरसरकारी संस्था ग्रीन रोडले केन्द्र सञ्चालन गर्नुका साथै समुदायमा फोहोर व्यवस्थापनसम्बन्धी तालिम, सचेतना अभिवृद्धि तथा अन्य गतिविधिहरू सञ्चालन गर्नेछ।

यस कार्यक्रमअन्तर्गत चालु वर्ष नगरपालिकाका वडा नं. ४ र ५ का करिब ३ हजार घरधुरीलाई फोहोर व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरी फोहोर छुट्याउन आवश्यक बिनसमेत वितरण गरिनेछ। तालिममा घरायसी फोहोरको वर्गीकरण, भान्साबाट निस्कने कुहिने फोहोरको व्यवस्थापन तथा कम्पोस्ट मल निर्माणसम्बन्धी विषयमा जानकारी दिइनेछ । यसबाट घरघरमै फोहोर छुट्याउने र व्यवस्थापन गर्ने बानीको विकास हुने अपेक्षा गरिएको छ।

969441ee-e442-45ef-a9c5-c03cd4f54720-1791812485.jpg
कार्यक्रमअन्तर्गत फोहोर व्यवस्थापनको अन्तिम चरणमा संलग्न ल्यान्डफिल क्षेत्रमा कार्यरत श्रमिकहरूको कार्य अवस्था सुधार गर्न ट्रस, शौचालय तथा खानेपानीको व्यवस्था गर्ने योजना पनि रहेको छ। त्यसैगरी, प्लास्टिक तथा कागजजस्ता पुनर्चक्रणयोग्य सामग्रीको संकलन र व्यवस्थापनलाई सहज बनाउन आवश्यक गतिविधिहरू सञ्चालन गरिनेछन् ।

कार्यक्रमको प्रभावकारिताका आधारमा शुक्लागण्डकी नगरपालिकासँगको सहकार्यमा अन्य वडाहरूमा समेत यस्ता गतिविधि विस्तार गर्ने लक्ष्य राखिएको छ ।

e1dec1fc-199d-44ee-b14a-7787d77c2bf7-1791812484.jpg
फोहोरलाई समस्याका रूपमा मात्र नहेरी स्रोतका रूपमा उपयोग गर्ने अवधारणामा आधारित यस पहलले स्थानीय समुदायको सक्रिय सहभागितामार्फत दिगो फोहोर व्यवस्थापन प्रणाली विकास गर्न, पुनर्चक्रणलाई प्रवर्द्धन गर्न तथा स्वच्छ र स्वस्थ वातावरण निर्माणमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

सूर्य नेपाल प्रा.लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरण संरक्षण र स्थानीय समुदायको सहभागितालाई प्राथमिकता दिँदै सञ्चालन गरेको यस पहलले शुक्लागण्डकी नगरपालिकामा व्यवस्थित, जिम्मेवार र दिगो फोहोर व्यवस्थापन अभ्यासको विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

9147ac61-d88d-4690-bb77-864d4ca15fd1-1791812484.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सरुवामा चलखेल गरेपछि मन्त्रालय तानिए नापीका डिजी

सरुवामा चलखेल गरेपछि मन्त्रालय तानिए नापीका डिजी

नापी विभागका महानिर्देशक प्रकाश जोशीको सरुवा भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको मन्त्रीस्तरीय निर्णयका आधारमा उनको सरुवा गरिएको बताइएको छ।
निजामती सेवा विधेयक: कर्मचारी व्यवस्थापनबाट राज्य–क्षमता निर्माणतर्फको यात्रा

निजामती सेवा विधेयक: कर्मचारी व्यवस्थापनबाट राज्य–क्षमता निर्माणतर्फको यात्रा

आजको प्रश्न कर्मचारीको व्यक्तिगत हित व्यवस्थापन मात्र होइन, बरु “नेपालले कस्तो राज्य निर्माण गर्न खोजेको हो र सो राज्य सञ्चालन गर्ने निजामती सेवाको संरचनात्मक, प्राविधिक र संस्थागत क्षमता...