नेभिगेशन

समाज

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । समारोहमा नेपाली सेनाका विभिन्न टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट बढाइँ प्रदर्शन गरेका थिए ।

समारोहमा सैनिक परेडसमेत प्रदर्शन गरिएको थियो । सैनिक हेलिकप्टरमार्फत ‘फूलपाती बढाइँ समारोह–२०८३’ लेखिएको ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो । सो अवसरमा दुर्गा बन्दनासमेत प्रस्तुत गरिएको थियो ।

नेपाली सेनाले हरेक वर्ष बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दै आएको छ । धर्म, संस्कृति र परम्पराको निरन्तरतासँग जोडिएको यो कार्यक्रम नेपालको मौलिक सांस्कृतिक तथा सैनिक परम्पराका रूपमा रहँदै आएको छ ।

परम्पराअनुसार गोरखाबाट ल्याइएको जमरा र फूलपाती साइतअनुसार हनुमानढोकास्थित दसैँघरमा भित्र्याइएपछि टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ । दसैँको उल्लाससँग जोडिएको यस समारोहमा नेपाली सेनाले सैनिक अनुशासन, कौशल र परम्परागत बढाइँ प्रदर्शन गर्दै आएको छ ।

समारोहमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगणलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो । त्यस्तै, विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू पनि समारोहमा सहभागी भएका थिए ।

फूलपाती बढाइँ अवलोकन गर्न सैनिक मञ्च टुँडिखेल वरपर सर्वसाधारणको बाक्लो उपस्थिति थियो । दसैँको प्रमुख सांस्कृतिक उत्सवमध्ये एक मानिने यस समारोहले नेपाली समाजमा प्रचलित धार्मिक आस्था, सांस्कृतिक पहिचान र सैनिक परम्परालाई उजागर गरेको थियो ।

नेपाल टेलिभिजनलगायत विभिन्न सञ्चारमाध्यमले समारोहको प्रत्यक्ष प्रसारण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाज
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।