नेभिगेशन
समाज

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

काठमाडौँ । मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । उनले जनताले बनाएको संविधान जनसहमति बिना बदलिन नसक्ने पनि बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बडा दसैंको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वअध्यक्ष रेग्मीले देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने षड्यन्त्रकारी तत्वहरू सक्रिय हुन खोज्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन् । 

Ncell
Extreme Energy

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता तत्त्वहरूलाई निस्तेज हुने गरी पन्छाउनु आजको आवश्यकता हो ।’

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश रेग्मीले जनताले बनाएको संविधान जनसहमति बिना बदलिन नसक्ने स्पष्ट पारेका छन् । ‘न्याय सेवामा लामो समय बिताउँदा र दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न गराउने ऐतिहासिक जिम्मेवारी निर्वाह गर्दा मैले नजिकबाट अनुभव गरेको छु कि जनताको मतबाट निर्मित संविधान र कानुनको शासन नै देशको सबैभन्दा भरपर्दो जग हो । अस्थिरता चाहने तत्त्वले त्यही संविधान माथि नै कर्के नजर लगाउन खोजेको पाइन्छ ।’

रेग्मीले संविधानमा सुधारको आवश्यकता देखिए त्यो पनि संविधानकै बाटो, संवैधानिक प्रक्रिया र व्यापक राष्ट्रिय सहमतिबाटै हुने पनि स्पष्ट पारेका छन् । 

‘असहमति लोकतन्त्रको स्वाभाविक पक्ष हो, तर त्यसको समाधान संवाद, संयम र विधिभित्र खोजिनुपर्छ, हिंसा र अराजकतामा होइन । त्यसैले अस्थिरता निम्त्याउन खोज्ने तत्त्वविरुद्ध देशभक्त एवं राष्ट्रप्रेमी नेपालीहरू प्रतिबद्ध तथा एकताबद्ध हुनु समयको माग हो’ रेग्मीले भनेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलो गाँजा बरामद

सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलो गाँजा बरामद

सुनसरीको दुहबीमा प्रहरीले एम्बुलेन्सबाट ५७४ किलोभन्दा बढी गाँजा बरामद गरेको छ।