नेभिगेशन
समाज

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् ।  चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ । 

Ncell
Extreme Energy

सो सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । 

उक्त सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक पनि आयोजना गरिएको छ । 

फोरममा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तरराष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापना कार्यमा आवश्यक पर्ने सुधार, बहुपक्षीयताको प्रवद्र्धन, अन्तरराष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका तथा अन्तरराष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का मुलुकको भूमिकालगायतका विषयमा छलफल हुनेछ ।

त्यसैगरी सो सम्मेलनमा जलवायु परिवर्तन र यसको असर, हरित तथा न्यून कार्वन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायतका विषयमा पनि बहस हुने बताइएको छ ।

पूर्वराष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले जिल्लाका सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत् र सञ्चारका संरचनामा क्षति पु¥याएको छ । धेरै बस्ती पहिरोको जोखिममा परेका छन्...
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

प्रहरी प्रधान कार्यालयका अनुसार तीनवटा सवारीसाधनमार्फत कात्तिक ३ गते ५१० र कात्तिक ४ गते ८९६ गरी एक हजार ४०६ यात्रुले निःशुल्क यात्रा सुविधा लिएका छन् ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भूमिकास्थान नगरपालिका २, भूमेकाथानमा  लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
आज कहाँकहाँ छ वर्षा र हिमपातको सम्भावना?

आज कहाँकहाँ छ वर्षा र हिमपातको सम्भावना?

पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भएको छ ।