नेभिगेशन
समाज

नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

काठमाडौँ । धार्मीक भ्रमणका लागि भारत प्रस्थान गरेका रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमणबारे खिचडी नपकाउन आग्रह गरेका छन् । शुक्रबार बिहान काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुगेका लामिछानेले आफ्नो भ्रमण नितानत पारिवारिक भएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘पहिलेदेखि नै जाने एउटा भाकल पनि थियो । धार्मिक एउटा आस्था, विश्वास, पारिवारिक एउटा संस्कार पनि, मेरो परिवार पनि अध्यात्मिक पनि भएको हुनाले, यो सबै कारणले गर्दा पहिलादेखि नै जाऔंला भन्ने नै थियो । म कारागारमा हुँदा नै एउटा हुन्छ नि परम्परा, भाकल गरिन्छ भनौं न । त्यसलाई पूरा गरौं भनेर जान लागेको हुँ । 

Ncell
Extreme Energy

धनगढी विमानस्थलबाट सभापति लामिछाने कञ्चनपुर हुँदै सडकमार्गबाट गड्डाचौकी नाका पुगेका थिए । त्यहाँबाट भारत प्रस्थान गरेका थिए । सो क्रममा उनले आफ्नो भ्रमणबारे कुनै राजनीतिक  खिचडी नपकाउन अनुरोध गरे । ‘कुनै राजनीतिक भेटघाट छैन । कसैलाई खिचडी नपकाउन पनि अनुरोध गर्न चाहन्छु ।’ 

लामिछाने श्रीमती निकिता पौडेल सहित पारिवारिक तीर्थाटनका लागि धनगढी हुँदै भारत प्रस्थान गरेका हुन् । ३ दिनको भ्रमणका क्रममा भारतको उत्तराखण्ड, नैनीताल स्थित कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम तय भएको लामिछानेको निजि सचिवालयले जनाएको छ ।

निजी तथा पारिवारिक तीर्थाटनका क्रममा हुन लागेको यस भ्रमणबारे पार्टी पङ्क्ति, शुभचिन्तक, आम जनसमुदाय तथा सम्बन्धित सबैमा जानकारी गराइएको सचिवालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आगामी साताको अन्त्यमा यी स्थानमा भारी वर्षा र हिमपातको पूर्वानुमान

आगामी साताको अन्त्यमा यी स्थानमा भारी वर्षा र हिमपातको पूर्वानुमान

“साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा मध्यमसम्मको हिमपात हुने सम्भावना छ । ती प्रदेशका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी हिमपात...
बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

“एनपिएलको तेस्रो संस्करणका लागि बङ्लादेशका अन्तरराष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनलाई आधिकारिक रूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ”, पोखराले भनेको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

समिटको 'द जियोपोलिटिक्स् अफ सोभरेन चोइस' शीर्षकको प्यानलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर प्रमुख वक्त्ता थिए । सोहीक्रममा उपस्थित अतिथिकोतर्फबाट नेपालका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई पनि जयशंकरको विचारमाथि प्रश्न...
सडक सुरक्षामा गरिएको तयारी र निगरानी प्रभावकारी बन्दा यसवर्ष दसैँमा सवारी दुर्घटनामा कमी

सडक सुरक्षामा गरिएको तयारी र निगरानी प्रभावकारी बन्दा यसवर्ष दसैँमा सवारी दुर्घटनामा कमी

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना ५० वटाले घटेको छ । त्यसैगरी, दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पनि सात जनाले घटेको...