नेभिगेशन
समाज

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ । दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ । दसैँ अघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको आगमन सङ्ख्या घटेको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दसैँपछि बेनी-जोमसोम सडकमार्ग हुँदै पर्यटक मुस्ताङ आउने सङ्ख्या बढेको छ ।

Ncell
Extreme Energy

यसवर्ष घटस्थापनादेखि विजया दशमीको दिनसम्म बेनी-जोमसोम सडकमार्गबाट  पाँच हजार ६६३ जना पर्यटक मुस्ताङ भित्रिएका थिए । जसमध्ये  पुरुष तीन हजार ७३८ र महिला एक हजार ९२५ जना रहेका थिए । प्रहरी निरीक्षक ईश्वर महतका अनुसार घटस्थापनादेखि विजया दशमीसम्मको १० दिनको अवधिमा उक्त सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिदा चार हजार ४०९ अर्थात् (७७ दशमलव ८५) प्रतिशत विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । 

प्राकृतिक विपद्का कारण बेनी-जोमसोम सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङको पर्यटन पूर्ण रूपमा प्रभावित बनेकोमा दसैँपछि मुस्ताङमा पर्यटक आगमन सङ्ख्या वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उल्लेख छ । प्रहरी निरीक्षक महतका अनुसार दसैँपछि बिहीबार र शुक्रबार गरी दुई दिनमा सात हजार ८४६ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । दसैँ टिकापछिको पहिलो दिन बिहीबार  तीन हजार ३३ जना र दोस्रो दिन शुक्रबार  चार हजार ८१३ जना स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । दसैँपछि मुस्ताङ भ्रमण गर्ने दैनिक औसत क्रमशः वृद्धि हुँदै जान थालेको प्रहरी निरक्षक महतको भनाइ छ । चालु वर्षको साउनमा  तीस हजार ५३४ जना, भदौमा बीस हजार २६८ जना र असोज महिनामा अठार हजार ६०१ जना पर्यटक मुस्ताङ भित्रिएका छन् ।
 
दसैँ–तिहार बिदामा मुस्ताङमा पर्यटन व्यवसाय चलायमान हुने अपेक्षा गरिएको छ । दसैँ बिदामा विदेशबाट स्वदेश फर्किएका र दसैँ बिदाको अवसर पारेर निजामती कर्मचारी, बैंक तथा वित्तिय संस्थालगायत देशका विभिन्न भागमा मुस्ताङ भ्रमण गर्न पर्यटक मुस्ताङ आउने गर्छन । यसपटक पनि दसैँ-तिहार र छठ पर्वसम्म स्वदेशी तथा विदेशी पर्यटकको उपस्थिति वृद्धि हुनेमा यहाँमा पर्यटन व्यवसायी विश्वस्त रहेका छन् । 

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शन गरी कोरलानाका, झोङ गुफा, लोमान्थाङ दरबार, घर गुम्बा, चोङ्सी गुफा, ढुम्बाताल, टिटी ताल  लगायतका यहाँका दर्जनौँ पर्यटक गन्तव्यहरू रहेका मुस्ताङमा पर्यटकको आकर्षण बढ्दो रहेको छ ।

यहाँका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, जैविक विविधिता, हिमाली भू–दृश्य र प्राकृतिक सौन्र्दयताले मुस्ताङमा पर्यटक उपस्थिति हुने गरेको छ । भोटेकोशी बाढी घटना र बेनी-जोमसोम अवरुद्धका कारण सुस्ताएको मुस्ताङको पर्यटन क्षेत्र चलायमान हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी...
आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो अभियानअन्तर्गत किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवीलगायत व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने नेकपाका संयोजक...
सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद...
उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन् ।