नेभिगेशन
समाज

एनपिएल देशको सामूहिक आत्मविश्वास र युवा प्रतिभाको सुन्दर प्रतिविम्ब: पूर्वप्रधानमन्त्री कार्की

काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) ले देशको सामूहिक आत्मविश्वास र युवाको प्रतिभालाई उजागर गरेको बताएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एनपिएलको तेस्रो संस्करणको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री कार्कीले नेपाली क्रिकेटप्रतिको बढ्दो जनउत्साह देशकै गौरव र सम्भावनाको प्रतिविम्ब भएको उल्लेख गरेकी हुन् । 

Extreme Energy

विगतको सन्दर्भ जोड्दै उनले भनेकी छिन्, 'गत वर्ष म प्रधानमन्त्री छँदा विशिष्ट परिस्थितिबीच दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको थियो, जसले सुरक्षा सन्देह निवारण गर्न र समाजमा आशा एवं उत्साह जगाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।'

यस वर्षको प्रतियोगिताले नेपाली क्रिकेटलाई अझ नयाँ उचाइमा पुर्‍याउने, नेपालको गौरवलाई विश्वभर फैलाउने र राष्ट्रिय आत्मविश्वासलाई थप बलियो बनाउने विश्वास उनले व्यक्त गरेकी छिन् । 

सम्पूर्ण खेलाडी, आयोजक तथा क्रिकेटप्रेमीहरूलाई शुभकामना व्यक्त गर्दै पूर्वप्रधानमन्त्री कार्कीले 'नेपाल सुरक्षित, सक्षम र सम्भावनायुक्त छ' भन्ने सन्देश समेत दिएकी छिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भूमि समस्या समाधान गर्न मन्त्री प्रतिभा रावल चितवनमा

भूमि समस्या समाधान गर्न मन्त्री प्रतिभा रावल चितवनमा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल चितवन पुगेकी छिन् ।
संघीय निजामती अध्यादेश ल्याउँदै सरकार, कुन कुन ओहोदाका कर्मचारी घर जाँदैछन् ?

संघीय निजामती अध्यादेश ल्याउँदै सरकार, कुन कुन ओहोदाका कर्मचारी घर जाँदैछन् ?

सरकारले संघीय निजामती अध्यादेश ल्याउने तयारी गरेको छ ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैङ्कका खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब नौ करोड ३२ लाख ३६ हजार ८५२ पुगेको छ ।