नेभिगेशन
समाज

सांसद राजीव खत्रीको प्रश्न– छिमेकीलाई गाली गरेर राजनीति गर्ने जमाना गए भन्दा कसरी देशविरुद्ध हुन्छ ?

काठमाडौँ । रास्वपा सांसद राजीव खत्रीले ‘छिमेकीलाई लागी गरेर राजनीति गर्ने जमाना जमाना गए भन्दा कसरी देशविरुद्ध हुन्छ ?’ भनेर प्रश्न गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय टेलिभिजन च्यानल एनडीटीभीको कार्यक्रममा व्यक्त गरेको धारणालाई लिएर केही राजनीतिक दलका नेताहरुले आलोचना गरिरहेका बेला सांसद खत्रीले यो प्रतिप्रश्न गरेका हुन् । 

Extreme Energy

सांसद खत्रीले फेसबुकमा लेखेका छन्– ‘छिमेकीलाई गाली गरेर राजनीति गर्ने जमना गए भन्दा कसरी देशविुरुद्ध हुन्छ ? अनि के भारतलाई गाली गरौं, राष्ट्रियता जोगाऔं भन्नु पर्ने थियो ?’ 

उनले भारतीय विस्तारवाद भन्दै उतैको शरणमा बसेर यता आतंक मच्चाएको इतिहास रहेको पनि उल्लेख गरेका छन् । ‘भारतलाई गाली गरेर राति लैनचौरतिर लसिँदै महाकाली सन्धिको गरेको पनि इतिहास छ, त्यसैले सत्तामा हुँदा भारतको लम्पसार पर्ने र सत्ता बाहिर हुँदा भारतलाई धारेहात लगाउने नक्कली राष्ट्रवाद अब खोटो मोहोर भएकै हो’ उनले लेखेका छन् । 

सांसद खत्रीले राष्ट्रियता स्वाभिमान बन्धक नराखी यो देशले भारतसँग मित्रता चाहन्छ भन्दै थप लेखेका छन्– ‘लिपुलेक–लिम्पियाधुरा र कालापानी बारे प्रश्न उठ्छ, असमान सन्धि पुनरावलोकनको माग हुन्छ, तर सत्ता पाउँदा त्वं शरणं ममः र सत्ता गुम्दा धारेहातको राष्ट्रवाद चल्दैन ।’

झुुठो बोलेर जनतालाई अलमलमा पार्नु आवश्यक नरहेको पनि सांसद खत्रीले स्पष्ट पारेका छन् । उनले विगतमा भारतमा बसेर नेपालमा रक्तपात मच्चाउने र महाकाली सन्धीमा सहस्ताक्षर गर्नेहरु नक्कली राष्ट्रवादी रहेको समेत दाबी गरेका छन् । उनले लेखेका छन्– ‘हिजो भारतमा बसेर नेपालमा रुक्तपात मच्चाउने र महाकाली सन्धिमा हस्ताक्षर गर्नेहरु नक्कली राष्ट्रवादी नै हुन् । जसलाई आज पनि नेपाल एकीकरण र पृथ्वीनारायण शाह मन पर्दैन।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कीर्तिपुरमा सुरू भयो क्रिकेट उत्सव, बालेनले गरे एनपीएल–३ को उद्‍घाटन

कीर्तिपुरमा सुरू भयो क्रिकेट उत्सव, बालेनले गरे एनपीएल–३ को उद्‍घाटन

उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...

भर्खरै