नेभिगेशन
सबै कुरा

विश्वाश कायम राखेर उच्च मनोबलका साथ काम गर्नू, असल नियत राखेपछि डराउनु पर्दैन : बालेन

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विभागीय प्रमुखहरुलाई विश्वाश कायम राखेर उच्च मनोबलका साथ काम गर्न प्रोत्साहन गरेका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चालु आर्थिक बर्षको ६ महिनामा प्राप्त भएका उपलब्धी, यसका लागि झेल्नु परेका समस्या र लक्ष्य प्राप्त गर्न अबलम्बन गरिएका उपायका विषयमा छलफल गर्दै उनले नियत सफा राखेर काम गर्दा कसैसँग डराउनु नपर्ने बताएका हुन् ।

Ncell
Extreme Energy

‘गलत गर्नु हुँदैन । गल्ती गर्नेलाई कारवाही हुनु, राम्रो गर्नेलाई प्रोत्साहन हो ।’ प्रमुख शाहले भने, ‘गएको बर्षको तुलनामा यस बर्ष गुनासा कम छन् । सुधारका संकेतहरु देखिएका छन् । खर्च कम भयो भनेर नआत्तिनु, भौतिक प्रगति कति भएको छ, हेर्नू । काम भइसकेपछि भुक्तानी नरोक्नु ।’ 

उनले बर्षौँसम्म काम गरिरहेका कर्मचारीहरुको अनुभव र क्षमताको प्रयोगबाट धेरै प्रगति हासिल गर्न सकिने उल्लेख गर्दै भने, ‘धेरै कार्यक्रमहरुमध्ये कुन कामलाई प्राथमिकता दिने भन्ने अन्योल नहोस भनेर हामीले महानगर गौरव र स्वर्णिय योजना कार्यान्वयनमा ल्याएका हौँ । यी कार्यक्रमको कार्यान्वयन विभागीय प्रमुखहरुको हो । यसलाई प्राथमिकता राख्नुहोला ।’

लक्ष्य प्राप्त गर्न कर्मचारीको सक्रियता आवश्यक रहेको बताउँदै प्रमुख शाहले, भ्रमण, गोष्ठी र कार्यशाला घटाउन र वार्षिक लक्ष्य पूरा गराउन सक्रिय हुन निर्देशन दिए । 

 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।