नेभिगेशन
सबै कुरा

श्रीमान् अन्त्येष्टिको ६ घण्टामै त्रिशुलीको भेलले निल्यो बबिताको परिवार

काठमाडाैँ । क्यान्सरले थलिएका गोरखा नगरपालिका ७ पौवाखेतका शंकर रोकाको मृत्युपछि शुक्रबार राति परिवारले पशुपति आर्यघाटमा दाह संस्कार सकाए । वडाअध्यक्ष विष्णु प्रसाद श्रेष्ठका अनुसार अन्तिम दाहसंस्कार पछि किरिया बस्नका लागि मृतकका ७० वर्षीय आमा जुनकिरी, श्रीमती बबिता, छोरा दिवश सहित गाउँबाट बिरामी कुर्न आएका सबै आफन्तहरू गोरखा फर्किने भए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राती अबेर भैसकेकोले आफन्तहरूले नै ३ वटा ट्याक्सी र एउटा माइक्रोबसको व्यवस्थापन गरे । जसमध्ये बा २ झ ४१९६ नम्बरको ट्याक्सी शङ्करकै बहिनी ज्वाइँ अर्जुन सिर्मलको थियो ।

Marvel
Extreme Energy

सबै जना ३ वटा ट्याक्सी र माइक्रोबस लिएर गोरखाको पौवाखेततर्फ लागे । अर्जनुको ट्याक्सीमा मृतक शंकरकी आमा ७० बर्षीया जुनकिरी रोका, छोरा १८ वर्षीय दिवश रोका, दिदी ४१ वर्षीय हरिमाया उपरोकोटी, भान्जा ९ वर्षीय आगमन उपरकोटी र बहिनी २८ वर्षीया अञ्जना उपरकोटी थिए ।  

गाउँका आफन्त र शंकरकी श्रीमती अर्को गाडीमा थिए । पशुपतिमा दाहसंस्कार सकिएपछि अबेर भैसकेको थियो । मध्यरातमा काठमाडौँबाट मलामी र किरियापुत्री बोकेका ४ वटा गाडी गोरखातर्फ लागे । 

बिहान ५ बजे शंकरीकी श्रीमती सहितका आफन्त चढेको गाडी मुग्लिङ पुग्यो । काठमाडौँबाट सँगसँगै गइरहेको अर्जुनले चलाएको अर्को ट्याक्सीले धेरै बेरसम्म पनि उनीहरूलाई भेट्टाएन । अगाडि बढेको ट्याक्सी चलाइरहेका अर्जुनका जेठान प्रकाश र माइक्रोबसमा भएकाहरूले फोन गर्दा पनि फोन लागेन । बल्ल बल्ल लागेको फोनमा गाडी डुब्यो भन्ने आवाज मात्रै सुनेपछि फोन काटियो । 

त्यसपछि आफन्तहरूले प्रहरीलाई खबर गर्दै ट्याक्सी खोज्न कुरिनटारतर्फ फर्किए । मुग्लिङबाट फर्किएर इच्छाकामना गाउँपालिका ५ मा पर्ने पृथ्वी राजमार्गको मिलधारा नजिक आएपछि राजमार्ग छेउको डिभाइडर भाँजिएको भेटियो । डिभाडर भाँचिएको ठाउँबाट हेर्दा ट्याक्सी त्रिशुलीमा हेलिएको परिवारका सदस्यहरूले देखे । 

श्रीमानको दाहसंस्कार गरेर किरिया बस्न घर फर्किदै गरेकी बबिता आफ्नो छोरा सहित सासु, नन्द, आमाजु, ज्वाइँ र भान्जा चढेको गाडी त्रिशुलीमा डुबेको देखेपछि मुर्छित भइन । आफन्तहरू अत्तालिए ।  

प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार सुरु गर्यो । तर, विडम्बना कोही पनि जीवित भेटिएनन् । ट्याक्सीमा सवारी ६ जना मध्ये पाँच जनाको शव भेटिए पनि बबिताका छोरा दिवस अहिलेसम्म बेपत्ता छन् । 

निमेषभरमै एकै परिवारका ५ जनाले ज्यान गुमाए, एक दिनमै एउटै परिवारमा ६ जनाको मृत्यु भयो । एक जना अझै बेपत्ता छन् । ७० वर्षीय जुनकिरी रोकाले छोरा गुमाएको केही घण्टामै दुर्घटनामा ज्यान गुमाइन् । 

बबिताले क्यान्सरका कारण श्रीमान गुमाइन, दुर्घटनामा सासु, छोरा र आफन्त गुमाइन । जेठानको मृत्युपछि किरिया बस्ने भतिज सहित आफन्तलाई बोकेर गोरखा जाँदै गरेका ट्याक्सी चालक अर्जुन सिर्मलका श्रीमान् श्रीमतीले आफ्नै ट्याक्सी दुर्घटनामा ज्यान गुमाए । 

एकै परिवार र उनीहरूको आफन्तहरूको अप्रत्याशित दुर्घटनाले गाउँनै शोकमा डुबेको वडा अध्यक्ष श्रेष्ठले सिधाकुरालाई बताए । उनका अनुसार घटनास्थलबाट बरामद भएका शव जिल्ला अस्पताल गोरखामा पोस्टमार्टम गरेर अन्तिम दाहसंस्कारका लागि घाट लगिएको छ । दाहसंस्कार स्थलबाटै सिधाकुराको सम्पर्कमा आएका उनले एक दिनमै एउटै परिवारका ६ जनाको मृत्यु एक जना बेपत्ता हुँदा गाउँ नै स्तब्ध भएको बताए । ‘गाउँ शब्दमा बयान गर्न नसकिने शोकमा छ,’ वडा अध्यक्ष श्रेष्ठले भने, ‘यो सबै कसरी भयो रु दैवले यो के गरे रु’ 

श्रेष्ठका अनुसार मृतक परिवार सामान्य आर्थिक हैसियतका छन् । दुःख कष्ट गरेर घर परिवार चलाउँदै आएका शंकरलाई रोगले निले पनि घर चलाउने साहस बटुल्दै श्रीमती बबिता सपरिवार घर फर्कदै थिइन तर उनको सर्वश्व त्रिशुलीको भेलमा बिलायो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुनचाँदीको मूल्यमा भारी गिरावट

सुनचाँदीको मूल्यमा भारी गिरावट

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घटेको हो ।
भारतमा विपक्षी गठबन्धनको ठूलो प्रदर्शन, काउन्टरमा उत्रियो सत्ता पक्ष

भारतमा विपक्षी गठबन्धनको ठूलो प्रदर्शन, काउन्टरमा उत्रियो सत्ता पक्ष

भारतको राजधानी नयाँ दिल्ली स्थित ऐतिहासिक रामलीला मैदानमा विपक्षी ‘इन्डिया’ गठबन्धनले ठूलो प्रदर्शन तथा र्‍याली आयोजना गरेको छ ।
हामी इरानलाई १० मिनेटमै निशाना बनाउन सक्छौं : ट्रम्प

हामी इरानलाई १० मिनेटमै निशाना बनाउन सक्छौं : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त पारिसकेको दाबी गर्दै अझै एक–दुईवटा लक्ष्यमा आक्रमण गर्न बाँकी रहेको बताएका छन् ।
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइने...