नेभिगेशन
सबै कुरा

आगलागीको विकराल अवस्था, १६ दिनमा १२ जनाकाे मृत्यु, ४८ घाईते

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

काठमाडौँ । सुख्खा मौसम बढ्दै जादाँ देशभर आगलागीको घटनामा बढिरहेका छन् । पछिल्लो १६ दिनमा १२ जना व्यक्तिले मृत्युवरण गरेका छन् भने, झण्डै ४८ जना घाईते भएका छन् । 

प्रहरी प्रधान कार्यालय अन्तर्गत देशभरका प्रहरी कार्यालयमा आएको रेकर्ड अनुसार १६ दिनमा ७ सय ९२ वटा आगलागीको घटना भएको छ । जसमा १२ जनाको मृत्यु भएको छ भने, ४८ जना घाईते भएका छन् । यसैगरी आगलागीले देशभरबाट ४ सय २३ वटा चौपायाको मृत्यु भएको छ भने २ सय ६० गोठमा क्षति पुगेको नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता भीम प्रसाद ढकालले बताए । 

उनका अनुसार आगलागीबाट बच्ने र घटना भए तत्काल प्रहरी परिचालन गर्ने लगायत सबै जिल्लामा सन्यन्त्र बनाइएको छ । हरेक प्रहरी युनिट सम्वद्ध जिल्ला दैविक प्रकोप तयारी अवस्थामा रहेको छ । हिँउद तथा गर्मीयामको सुख्खा मौसममा वन जङ्गलमा डढेलो लाग्ने सम्भावना अधिक भएकाले सुख्खा याममा हुनसक्ने आगलागीबाट बच्ने उपाय, अग्नी नियन्त्रणको पूर्वतयारी सम्बन्धमा सम्बन्धित स्थानीय तह तथा सरोकारवालालाई अवगत गराएको उनले बताए । आगलागी नियन्त्रणका लागी प्रहरी २४ सौँ घण्टा तयार रहेको प्रवक्ता ढकालले बताए  । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा, फागुन २१ सम्म सक्ने लक्ष्य

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा, फागुन २१ सम्म सक्ने लक्ष्य

पृथ्वीराजमार्गअन्तर्गत सेती नदीमाथि निर्माणाधीन दुईवटा नयाँ पक्की पुलको ७० प्रतिशत काम पूरा भएको छ। मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत निर्माण भइरहेका पुल आगामी फागुन २१ गतेसम्म सम्पन्न गर्ने...
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस् : वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस् : वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल

दसैँमा मासु, चिल्लो पदार्थ, मिठाई र मदिराको सेवन बढ्दा मुटुरोगको जोखिम पनि बढ्न सक्ने भएकाले खानपानमा सन्तुलन र शारीरिक सक्रियतामा ध्यान दिन वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा...
चिकित्सा शिक्षामा थपिएका ४१८ सिट सबै सरकारी शिक्षण संस्थामा : मन्त्री पोखरेल

चिकित्सा शिक्षामा थपिएका ४१८ सिट सबै सरकारी शिक्षण संस्थामा : मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मिता पोखरेलले चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ थपिएका ४१८ वटै सिट सरकारी शिक्षण संस्थालाई दिइएको बताएकी छन्।
गगन थापालाई गोकुल बाँस्कोटाको बधाई : बाटोभरि फूल मात्र छैन, काँडा पनि छन्

गगन थापालाई गोकुल बाँस्कोटाको बधाई : बाटोभरि फूल मात्र छैन, काँडा पनि छन्

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापालाई बधाई दिँदै उनको आगामी राजनीतिक यात्रामा चुनौतीसमेत रहेको टिप्पणी गरेका छन्।

भर्खरै