नेभिगेशन
सबै कुरा

आगलागीको विकराल अवस्था, १६ दिनमा १२ जनाकाे मृत्यु, ४८ घाईते

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Marvel
Extreme Energy

काठमाडौँ । सुख्खा मौसम बढ्दै जादाँ देशभर आगलागीको घटनामा बढिरहेका छन् । पछिल्लो १६ दिनमा १२ जना व्यक्तिले मृत्युवरण गरेका छन् भने, झण्डै ४८ जना घाईते भएका छन् । 

प्रहरी प्रधान कार्यालय अन्तर्गत देशभरका प्रहरी कार्यालयमा आएको रेकर्ड अनुसार १६ दिनमा ७ सय ९२ वटा आगलागीको घटना भएको छ । जसमा १२ जनाको मृत्यु भएको छ भने, ४८ जना घाईते भएका छन् । यसैगरी आगलागीले देशभरबाट ४ सय २३ वटा चौपायाको मृत्यु भएको छ भने २ सय ६० गोठमा क्षति पुगेको नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता भीम प्रसाद ढकालले बताए । 

उनका अनुसार आगलागीबाट बच्ने र घटना भए तत्काल प्रहरी परिचालन गर्ने लगायत सबै जिल्लामा सन्यन्त्र बनाइएको छ । हरेक प्रहरी युनिट सम्वद्ध जिल्ला दैविक प्रकोप तयारी अवस्थामा रहेको छ । हिँउद तथा गर्मीयामको सुख्खा मौसममा वन जङ्गलमा डढेलो लाग्ने सम्भावना अधिक भएकाले सुख्खा याममा हुनसक्ने आगलागीबाट बच्ने उपाय, अग्नी नियन्त्रणको पूर्वतयारी सम्बन्धमा सम्बन्धित स्थानीय तह तथा सरोकारवालालाई अवगत गराएको उनले बताए । आगलागी नियन्त्रणका लागी प्रहरी २४ सौँ घण्टा तयार रहेको प्रवक्ता ढकालले बताए  । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ स्वदेश फर्किएका छन् ।
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...