नेभिगेशन
सबै कुरा

कापी नल्याएको भन्दै शिक्षकले नै ७ वर्षीय बालकको अनुहारमा ‘मेरो कापी छैन’ लेखेर घर पठाए

काठमाडौँ । उदयपुरको एक सामुदायिक विद्यालयका शिक्षकले कापी नल्याएको निहुँमा ७ वर्षीय बालकलाई बेइज्जत गरेको घटना बाहिरिएको छ । जिल्लाको कटारी नगरपालिका २ स्थित कमला प्राबि खोक्सामा कक्षा ३ मा अध्ययन गर्ने ७ बर्षिय बालकलाई सोही विद्यालयका राहत शिक्षक नातिबाबु भट्टराईले कपि लिएर नआएको निहुँमा बाललमाथि दुव्र्यहार गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ति शिक्षकले बालकको अनुहारमा मार्करले ठूलो अक्षरमा ‘मेरो कापी छैन’ भन्ने शब्द लेखी विद्यालय बाट घर पठाएका थिए । गत मंगलबारको उक्त घटना सामाजिक संजाल फेसबूक मार्फत बाहिरीएपछि अहिले उक्त घटनाले चर्चा पाएको छ । 

Ncell
Extreme Energy

घटनाबारे बुझ्दा शिक्षक भट्टराईले आफूले बालकको अनुहारमा मार्करले लेखेको स्वीकार गरेका छन् । शिक्षक भट्टराईले बारम्बार विद्यार्थीको अभिभावकलाई समेत विद्यार्थीलाई कापी र कलम पठाउन भन्दा नमानेपछि उक्त कार्य गरेको बताए। पठन पाठनमा अभिभावक जिम्मेवार नहुँदा यो समस्या आएको उनले बताए। घटना बाहिर आएपछि शिक्षक भट्टराईले बिहीबार पीडित बालकको घरमा गएर माफी समेत मागेका छन्।

यता बालकका बाबुले भने अभिभावकको गल्तीमा बच्चालाई सजाय दिन नहुने बताए । ‘मेरो आर्थिक अवस्था कमजोर छ, मैले कपि कलम किनेर दिन सकिन होला तर कपि नै नल्याएको भन्दै शिक्षकले यसरी मेरो छोराको सार्बजनिक रूपमा दुर्व्यवहार गर्न हुदैनथ्यो ।’  बालकका बाबुले सिधाकुरासँग भने ।

विद्यार्थीमाथि भएको दुर्व्यवहारको घटनाले आफु दुखी भएको कटारी नगरपालिकाका प्रमुख राजेश चन्द्र श्रेष्ठले बताएका छन् । घटनाको बारे सत्य तथ्य बुझी गलत भेटिए कारबाही गर्ने श्रेष्ठले बताए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ

कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
दशैँको मुखमा कारागारका कैदीबन्दीलाई रामहरि खतिवडाले दिए खसी

दशैँको मुखमा कारागारका कैदीबन्दीलाई रामहरि खतिवडाले दिए खसी

नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले हरेक वर्षझैँ यस वर्ष पनि बडादशैंको पावन अवसरमा ओखलढुंगा कारागारका कैदीबन्दीहरूका लागि खसी उपलब्ध गराएका छन् ।
चाडपर्वमा सडक अवरोध हुन नदिन उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ– मन्त्री लम्साल

चाडपर्वमा सडक अवरोध हुन नदिन उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ– मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले चाडपर्वका बेला सडक अवरोध हुन नदिन जोखिमयुक्त सडक खण्डमा हेभी डोजर, लोडरलगायत उपकरण र प्राविधिक जनशक्ति तयारी अवस्थामा राखिएकाे बताएका छन्।
१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । २९७ सदस्यीय केन्द्रीय समितिमा सभापतिले ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन् ।