नेभिगेशन
सबै कुरा
सिमलताल घटना :

त्रिशुलीमा अलप भयो जगदिशको घरको मियो

वीरगञ्ज । जापानको सैनिक अस्पतालमा काम गर्न अन्तर्वार्ताका लागि भन्दै सृष्टि यादवलाई काठमाडौँबाट फोन आयो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

जीवनको उज्जवल सपना बोकेर परिवारको जीवनस्तर उकास्ने सपनासहित जापान जाने अन्तर्वार्ताका लागि सृष्टि जितपुरबाट २७ गते साँझ काठमाडौँका लागि बस चढिन् । 

असार २८ गते बिहान ३ बजे उक्त बस चितवनको सिमलतालमा पहिरोमा पर्यो । त्रिशुलीको भेलमा बससँगै बेपत्ता भइन् सृष्टि । 

घरकी जेठी छोरी उनी पढाईमा कहिल्यै फेल हुनु परेन । एसईई पछि उनले रेडियोग्राफीको पढाई सकिन । सखुवा प्रसौनी गाउँपालिकाको परीक्षामा पहिलो प्रयास मै छनोट भइन् र ५ नम्बर वडाको महुवन स्वास्थ्य चौकीमा काम गर्न थालिन् । 

बुवा जगदिश सामान्य कृषि कर्म गर्छन । बाबु छोरीको आम्दानीले घरमा भाइबहिनीको पढाई र घर खर्च चल्दै आएको थियो । 

मेहनत गरेर पढ्ने र सरकारी जागिरमा नाम निकालेर परिवारलाई अगाडि बढाउने सोच राखेकी उनी परिवारको मियो थिइन् । परिवारको आर्थिक हैसियत थप बलियो बनाउन कामका लागि जापान जाने उनको तयारी थियो । पैसा कमाएपछि अधुरो रहेको घर बनाउने र भाइ बहिनीलाई पढाउने काम पुरा गर्ने सपना उनको थियो । 

'छोरी घरपरिवारको सक्षम व्यक्ति थिइन् । कसैलाई सहयोग गर्न पछाडि नपर्ने सृष्टि जहिल्यै हौसला दिने गर्थिन्', आमा सम्झिन्छन् । 

जहिल्यै पनि आफूहरू गरिब परिवारको भएकाले पढेर केही गर्नुपर्ने दिदीले बताउने गरेको भाइ अनुराग बताउँछन् । जहिल्यै सबैको ख्याल राख्ने दिदी नहुदाँ आफू केही सोच्न नसक्ने अवस्थामा पुगेको उनले बताए । 

बहिनी अर्चना यादव दिदीको सम्झनाले विछिप्त छिन् । आफ्नो प्रिय दिदी गुमाए पनि उनले देखाएको सपना आफूले पुरा गर्ने अठोट उनको छ ।  

पहिरोमा परेर ६५ जना यात्रुसहित २ वटा बस हराएको बुधबार १२ दिन बितिसकेको छ । नेपालका सुरक्षाकर्मीसहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेस्पोन्स फोर्स’ बाट १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त खोजतलास भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सो क्षेत्रमा राडरले शङ्कास्पद वस्तु देखाएपछि बुधबार बिहानबाट पुनः खोजतलास थालिएको छ ।

दुर्घटनापश्चात नदीमा सो दुर्घटनामा परेका  २४ जनाको शव बरामद भएको प्रजिअ यादवले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।