नेभिगेशन
सबै कुरा
सिमलताल घटना :

त्रिशुलीमा अलप भयो जगदिशको घरको मियो

वीरगञ्ज । जापानको सैनिक अस्पतालमा काम गर्न अन्तर्वार्ताका लागि भन्दै सृष्टि यादवलाई काठमाडौँबाट फोन आयो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Marvel
Extreme Energy

जीवनको उज्जवल सपना बोकेर परिवारको जीवनस्तर उकास्ने सपनासहित जापान जाने अन्तर्वार्ताका लागि सृष्टि जितपुरबाट २७ गते साँझ काठमाडौँका लागि बस चढिन् । 

असार २८ गते बिहान ३ बजे उक्त बस चितवनको सिमलतालमा पहिरोमा पर्यो । त्रिशुलीको भेलमा बससँगै बेपत्ता भइन् सृष्टि । 

घरकी जेठी छोरी उनी पढाईमा कहिल्यै फेल हुनु परेन । एसईई पछि उनले रेडियोग्राफीको पढाई सकिन । सखुवा प्रसौनी गाउँपालिकाको परीक्षामा पहिलो प्रयास मै छनोट भइन् र ५ नम्बर वडाको महुवन स्वास्थ्य चौकीमा काम गर्न थालिन् । 

बुवा जगदिश सामान्य कृषि कर्म गर्छन । बाबु छोरीको आम्दानीले घरमा भाइबहिनीको पढाई र घर खर्च चल्दै आएको थियो । 

मेहनत गरेर पढ्ने र सरकारी जागिरमा नाम निकालेर परिवारलाई अगाडि बढाउने सोच राखेकी उनी परिवारको मियो थिइन् । परिवारको आर्थिक हैसियत थप बलियो बनाउन कामका लागि जापान जाने उनको तयारी थियो । पैसा कमाएपछि अधुरो रहेको घर बनाउने र भाइ बहिनीलाई पढाउने काम पुरा गर्ने सपना उनको थियो । 

'छोरी घरपरिवारको सक्षम व्यक्ति थिइन् । कसैलाई सहयोग गर्न पछाडि नपर्ने सृष्टि जहिल्यै हौसला दिने गर्थिन्', आमा सम्झिन्छन् । 

जहिल्यै पनि आफूहरू गरिब परिवारको भएकाले पढेर केही गर्नुपर्ने दिदीले बताउने गरेको भाइ अनुराग बताउँछन् । जहिल्यै सबैको ख्याल राख्ने दिदी नहुदाँ आफू केही सोच्न नसक्ने अवस्थामा पुगेको उनले बताए । 

बहिनी अर्चना यादव दिदीको सम्झनाले विछिप्त छिन् । आफ्नो प्रिय दिदी गुमाए पनि उनले देखाएको सपना आफूले पुरा गर्ने अठोट उनको छ ।  

पहिरोमा परेर ६५ जना यात्रुसहित २ वटा बस हराएको बुधबार १२ दिन बितिसकेको छ । नेपालका सुरक्षाकर्मीसहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेस्पोन्स फोर्स’ बाट १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त खोजतलास भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सो क्षेत्रमा राडरले शङ्कास्पद वस्तु देखाएपछि बुधबार बिहानबाट पुनः खोजतलास थालिएको छ ।

दुर्घटनापश्चात नदीमा सो दुर्घटनामा परेका  २४ जनाको शव बरामद भएको प्रजिअ यादवले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उत्कृष्ट खेलाडी छनोट गरी पदक जित्ने तयारीमा जुट्न प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका छन् ।
देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर पछिल्ला केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन् । ती घटनामा तीन चौपायाको क्षति हुनुका साथै नौ लाख ४० हजार रुपैयाँ...
अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो हटाएपछि आज बेलुकादेखि यातायात सञ्चालनमा आएको छ ।
निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बित बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापासहितका सांसदलाई कार्यक्रममा सहभागी गराएको विषयमा मकवानपुर जिल्ला अध्यक्ष...