नेभिगेशन
सबै कुरा

पाँच प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताउँदै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा  मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।

Ncell
Extreme Energy

आज रात देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।  कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ । कोशी, बागमती, गण्डकी, कर्णाली  र सुदुरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाउँदै विभागले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ । 

गए राति  पनि विभागले एक  सूचना निकालेर कोशी प्रदेशका धेरै स्थान तथा मधेस  र बागमती  प्रदेशका केही स्थानका साथै गण्डकी र सदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित  वर्षा भइरहेकाले सचेत रहन आग्रह गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस, एमाले र माओवादीले २० वर्षमा नगरेको काम रास्वपाले ६ महिनामै गरेर बनायो रेकर्ड! चौतर्फी प्रशंसा

कांग्रेस, एमाले र माओवादीले २० वर्षमा नगरेको काम रास्वपाले ६ महिनामै गरेर बनायो रेकर्ड! चौतर्फी प्रशंसा

राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना नै सुशासनका लागि भएको छ। रास्वपाको एजेण्डालाई जनताले पनि रुचाए। चुनावमा दुईतिहाइ मत दिए।
बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलिकोप्टरमार्फत उद्धार

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलिकोप्टरमार्फत उद्धार

उद्धारसँगै राहत वितरणको काम पनि तीव्र पारिएको उल्लेख छ । सरकार र विभिन्न सङ्घसंस्थाको सहयोगमा खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार, जेनेरेटरलगायत राहत सामग्री वितरण भइरहेको सहायक...
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने, अहिलेसम्म को को निर्वाचित भए ?

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने, अहिलेसम्म को को निर्वाचित भए ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकीसम्म सार्वजनिक हुने भएको छ ।

भर्खरै