नेभिगेशन
सबै कुरा

बडिगाड पहिरोः ५० परिवार विस्थापित

बागलुङ । बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन्। बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हलैका पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था अझै अज्ञात छ। विस्थापित परिवारको अहिले बिचल्ली भएको छ। पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुनसकेको छैन । बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ।

Ncell
Extreme Energy

स्थानीय भीमबहादुर बुढाले गाउँका धेरै घर पहिरोको जोखिममा रहेको हुँदा बस्ती छाडेर अन्तै जानुपरेको दुखेसो रासस प्रतिनिधिसँग पोखे। आफ्नो घर वरपरका बस्ती पहिरोको जोखिममा रहेका उनले बताए।

विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिकस्थलमा व्यवस्थापन गरिरहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिए। गाउँपालिकाले प्रारम्भिक चरणको राहत वितरण गरिरहेको उनले बताए।

पालिकाले खाद्यान्न र त्रिपाल, बत्तीलगायत अतिआवश्यक सामग्री उपलब्ध गराएको भन्दै दीर्घकालीन व्यवस्थापनका लागि माथिल्लो तहको सरकारसँग छलफल गरिरहेको उनले बताए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।