नेभिगेशन
सबै कुरा

सडक बगेपछि साल्पासिलिछोमा आवागमन कष्टकर

भोजपुर । इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिकामा आवागमन कष्टकर भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यही साउन १६ गतेकोे बढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक विभिन्न स्थानमा बगाउँदा आवागमन कष्टकर भएको हो।

Ncell
Extreme Energy

बाढीबाट पुललगायत अन्य संरचनामा पनि क्षति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्लेले जानकारी दिए। बाढीले सडक बगाउँदा खाद्यान्न ढुवानीमा समस्या भएको बताए। बढीबाट रु पाँच करोड बराबरको क्षति भएको उनको अनुमान छ।

गाउँपालिकाको केन्द्र चौकीडाँडासँगै भोजपुर सदरमुकाम तथा अन्य जिल्ला आवतजावत गर्ने तीनवटै सडकका सबै नाका बन्द भएका गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए।

गाउँपालिकाको बजेटले भत्केको सडक मर्मतसम्भार तथा बगेको स्थानमा नयाँ बनाउन नसकिने उनले बताए। बाटो बनाउन रु १० करोड लाग्ने उनको अनुमान छ। क्षति भएका संरचना बनाउन केन्द्र र प्रदेश सरकारलाई गुहार्नु विकल्प आफूहरूसँग नभएको पनि उनले बताए।

बढीले वडा नं १ गौडेनी पुलमा रु एक करोड ५० लाख, वडा नं ३ मा इर्खुवाखोला लघुजलविद्युत् आयोजनामा रु एक करोड, वडा नं ५ र ६ को दोभाने फेदी सडकमा रु।एक करोड र भमला ढाँडगाउँ पुलमा रु १० लाख बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ। यसैगरी, वडा नं ४ मा निर्माणाधीन याक्सा नागदह मोटरेबल पक्की पुलमा रु ४० लाख बढीको क्षति भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।