नेभिगेशन
सबै कुरा

बारामा माछा खाना खाएका एकै परिवारका ३ बालबालिकाकाे मृत्यु*

बारा । बारामा स्थानीय पाेखरीबाट खरिद गरेर ल्याएका माछा खाएका एकै परिवारका ३ बालबालिकाकाे मृत्यु भएको छ । जिल्लाको सिम्रौनगढ नगरपालिका–७ का एकै परिवारका ३ बच्चाहरुको मृत्यु भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार सिम्रौनगढका नरेश रामकाे परिवारले माछा खरिद गरेका थिए । सोही माछा र खाना खाएर सुतेको केही समयमा नै बच्चाहरुमा पेट दुख्ने, वाकवाकी लाग्ने र निरन्तर झाडापखाला लाग्ने भएपछि नरेशले उनीहरुलाई सिम्रौनगढकै स्वास्थ्य क्लिनिकमा उपचारका लागि पुर्याएका थिए । 

Marvel
Extreme Energy

स्थानीय स्वास्थ्य चौकीले ३ वटै बच्चाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको भन्दै उपचारका लागि तत्काल सुविधासम्पन्न अस्पतालमा लैजान आग्रह गर्यो । त्यसपछि स्थानीय प्रहरी र जनप्रतिनिधिको सहयोगमा एम्बुलेन्स बोलाएर उनीहरुलाई कलैया अस्पताल पुर्याइयो तर अस्पताल पुग्नु अगावै ९ वर्षीया लालिमा रामको  मृत्यु भएको छ । 

त्यस्तै जटिल अवस्थामा कलैया अस्पताल पुर्याइएका अन्य २ जनाको अवस्था पनि गम्भिर भएको भन्दै अस्पतालले उपचारका लागी नेशनल मेडिकल कलेज पठायो । सोहीअनुरुप वीरगंजस्थित मेडिकल कलेजमा उपचारका लागि पुर्याइएका ७ वर्षीया पुष्पा राम र ५ वर्षीय कृषनन्दन रामको समेत मृत्यु भएको सिम्रौनगढ नगरपालिका ७ का वडाध्यक्ष विवेक मेहताले बताए ।

उपचारका लागि लगिने क्रममा एक जनाको र अन्य २ जनाको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार खाना खाएपछि बालबालिकाहरूमा स्वास्थ्यमा समस्या देखिएकाले फुड पोइजन भएको आशंका गरिएको छ । मृतक बालबालिकाको पोष्टमार्टका लागि नारायणी अस्पताल पठाइएको प्रहरीले जनाइएको छ । 

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

*यसअघि प्रकाशित समाचारमा अन्यथा पर्न गएकाेमा सच्याइएकाे छ ।– सम्पादक

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा सचिवालयका यी हुन् चार निर्णय

रास्वपा सचिवालयका यी हुन् चार निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार क्षेत्रमा प्रहरी प्रशासनमार्फत भएका गतिविधिको छानबिन गरी गैरजिम्मेवार आदेश दिने व्यक्तिलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।
‘अब विश्वविद्यालय नवउद्यमी उत्पादनका केन्द्र बन्नुपर्छ’

‘अब विश्वविद्यालय नवउद्यमी उत्पादनका केन्द्र बन्नुपर्छ’

विश्वविद्यालय शैक्षिक प्रमाणपत्र प्रदान गर्ने संस्थामा मात्र सीमित नभई नवप्रवर्तन, अनुसन्धान र उद्यमशीलता प्रवर्द्धनका केन्द्र बन्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
वर्षा र पहिरोले तीन जिल्लाका यी सडक छन् अवरुद्ध

वर्षा र पहिरोले तीन जिल्लाका यी सडक छन् अवरुद्ध

लगातारको वर्षाका कारण खहरेखोलामा आएको बाढी र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।
भारतमा निर्वाचन आयुक्तविरुद्ध विपक्षीको ‘प्रतीकात्मक महाभियोग’

भारतमा निर्वाचन आयुक्तविरुद्ध विपक्षीको ‘प्रतीकात्मक महाभियोग’

भारतका विपक्षी राजनीतिक दलहरूले मतदाता नामावली संशोधनमा अनियमितता भएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध शनिबार ‘प्रतीकात्मक महाभियोग’को अभ्यास गरेका छन् ।