नेभिगेशन
सबै कुरा

आजको मौसमः देशको केही स्थानमा हल्का, कतै भारी वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जारी रहेको छ ।  मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छभने कोशी, मधेस, गण्डकी प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी  प्रदेशका केही भाग तथा बाँकी प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

Marvel
Extreme Energy

यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भाग तथा बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भाग तथा बाँकी प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले मौसम बुलेटिनमा उल्लेख छ ।  वर्षा हुने ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै एमालेद्वारा पत्रकारसँग ऐक्यबद्धता

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै एमालेद्वारा पत्रकारसँग ऐक्यबद्धता

नेकपा एमालेले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारलाई पक्राउ गरिएको र समाचार स्रोत खुलाउन दबाब दिइएको घटनाप्रति आपत्ति जनाएको छ ।
नगरपालिकाको भवन निर्माण गर्दा खसेको पहिरोले सात घर जोखिममा

नगरपालिकाको भवन निर्माण गर्दा खसेको पहिरोले सात घर जोखिममा

कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयका घर जोखिममा परेका छन् । पहिरोका कारण मान्म बजारको मुख्य सडकसमेत भासिएको छ ।
भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन् ।
मौसमविद भन्छन्– अर्नबको प्रभाव सकियो, तत्काल अर्को प्रणाली नेपाल आउने सम्भावना न्यून

मौसमविद भन्छन्– अर्नबको प्रभाव सकियो, तत्काल अर्को प्रणाली नेपाल आउने सम्भावना न्यून

चक्रवात ‘अर्नब’को प्रभाव सकिए पनि पश्चिमी वायुको हल्का प्रभाव भने अझै केही समय रहने मौसमविद् बिनोद पोखरेलले बताएका छन् ।