नेभिगेशन
सबै कुरा

रवि लामिछाने नभएपनि रास्वपा रहिरहन्छ : रवि लामिछाने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू पार्टीमा भएपनि नभएपनि राष्ट्रिय स्वतन्त्र पार्टीभने सँधै रहिरहने बताएका छन् । पार्टीको केन्द्रीय परिषदको पहिलो राष्ट्रिय भेलाको उद्घाटन गर्दै लामिछानेले रास्वपा पार्टीमात्र नभएर एक अभियान भएका कारण कसैले यसलाई रोक्न नसक्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘रवि लामिछानेलाई लडाउन सके रास्वपा सकिन्छ भन्ने लागेको होला। रवि नभए पनि रास्वपा अब अभियानका रुपमा अगाडि बढ्छ। घण्टी चुनाव चिन्ह मतपत्रमा कहिल्यै नमेटिने गरी बसिसक्यो, कसले हटाउन सक्छ ? रास्वपालाई हराउने, लडाउने भनेको चुनावमा मात्रै हो, विरोधीले सक्दो तयारी गरुन्।’, लामिछानेले भने, ‘रास्वपा सक्कियो भन्ने पनि छन्। तर, त्यो हामीविरुद्ध गरिएको कुप्रचार हो। सदनमा हेर्नुस्, छोटो समयको सरकारमा रहँदाको काम हेनुहोस्। दुई ठूला दल हाम्रै कारणले सरकार बनाउन मिल्नुपर्ने बाध्यतामा पुगे भने हामी कसरी सक्कियौँ ? हामी त फैलँदै छौँ ।’

Ncell
Extreme Energy

त्यस्तै उनले आफू र पार्टीविरुद्ध बाह्य शक्तिले लगातार प्रहार गरेको तर केही गर्न नसकेको बताएका छन् । बाहिरका तत्वले जे गरेपनि आन्तरिक रुपमा आफूहरु बलियो हुन उनले पार्टीपङ्तीलाई आग्रह र अनुरोध गरेका छन् । ‘बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौँ। भित्रबाट प्रहार नगर्नुस्। हामी लड्यौँ भने आफ्नै खुट्टामा अल्झिएर लड्छौँ।’, उनले भने । 

पार्टी सभापति लामिछानेले नेपाली कांग्रेसले संसदमा आफूले सहकारी ठगेको प्रमाण छ भन्दै उर्लिएपनि अन्त्यमा प्रणाम छ भनेको भन्दै व्यंग्य समेत प्रहार गरेका छन् । ‘सहकारीबाट अब सन्दर्भ गोरखा मिडियातिर कुरा मोडिन्छ। गलत नगर्दा जता मोडियोस् के मतलब ? केही साथीहरुले ‘प्रमाण छ–प्रमाण छ’ भन्दै थिए। त्यो होइन रहेछ, उनीहरुले त ‘प्रणाम छ–प्रणाम छ’ भनेका पो रैछन्।’

त्यस्तै उनले २०७९ को चुनाव आफूहरुले २०८४ मा चुनाव लड्न दिएको निम्ता कार्ड भएको र निम्ता दिँदा त राष्ट्रिय पार्टी बन्यौँ भने चुनाव लड्दा के होला भन्दै प्रश्न गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।