नेभिगेशन
सबै कुरा

रवि लामिछाने नभएपनि रास्वपा रहिरहन्छ : रवि लामिछाने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू पार्टीमा भएपनि नभएपनि राष्ट्रिय स्वतन्त्र पार्टीभने सँधै रहिरहने बताएका छन् । पार्टीको केन्द्रीय परिषदको पहिलो राष्ट्रिय भेलाको उद्घाटन गर्दै लामिछानेले रास्वपा पार्टीमात्र नभएर एक अभियान भएका कारण कसैले यसलाई रोक्न नसक्ने बताएका हुन् । 

‘रवि लामिछानेलाई लडाउन सके रास्वपा सकिन्छ भन्ने लागेको होला। रवि नभए पनि रास्वपा अब अभियानका रुपमा अगाडि बढ्छ। घण्टी चुनाव चिन्ह मतपत्रमा कहिल्यै नमेटिने गरी बसिसक्यो, कसले हटाउन सक्छ ? रास्वपालाई हराउने, लडाउने भनेको चुनावमा मात्रै हो, विरोधीले सक्दो तयारी गरुन्।’, लामिछानेले भने, ‘रास्वपा सक्कियो भन्ने पनि छन्। तर, त्यो हामीविरुद्ध गरिएको कुप्रचार हो। सदनमा हेर्नुस्, छोटो समयको सरकारमा रहँदाको काम हेनुहोस्। दुई ठूला दल हाम्रै कारणले सरकार बनाउन मिल्नुपर्ने बाध्यतामा पुगे भने हामी कसरी सक्कियौँ ? हामी त फैलँदै छौँ ।’

त्यस्तै उनले आफू र पार्टीविरुद्ध बाह्य शक्तिले लगातार प्रहार गरेको तर केही गर्न नसकेको बताएका छन् । बाहिरका तत्वले जे गरेपनि आन्तरिक रुपमा आफूहरु बलियो हुन उनले पार्टीपङ्तीलाई आग्रह र अनुरोध गरेका छन् । ‘बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौँ। भित्रबाट प्रहार नगर्नुस्। हामी लड्यौँ भने आफ्नै खुट्टामा अल्झिएर लड्छौँ।’, उनले भने । 

पार्टी सभापति लामिछानेले नेपाली कांग्रेसले संसदमा आफूले सहकारी ठगेको प्रमाण छ भन्दै उर्लिएपनि अन्त्यमा प्रणाम छ भनेको भन्दै व्यंग्य समेत प्रहार गरेका छन् । ‘सहकारीबाट अब सन्दर्भ गोरखा मिडियातिर कुरा मोडिन्छ। गलत नगर्दा जता मोडियोस् के मतलब ? केही साथीहरुले ‘प्रमाण छ–प्रमाण छ’ भन्दै थिए। त्यो होइन रहेछ, उनीहरुले त ‘प्रणाम छ–प्रणाम छ’ भनेका पो रैछन्।’

त्यस्तै उनले २०७९ को चुनाव आफूहरुले २०८४ मा चुनाव लड्न दिएको निम्ता कार्ड भएको र निम्ता दिँदा त राष्ट्रिय पार्टी बन्यौँ भने चुनाव लड्दा के होला भन्दै प्रश्न गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...