नेभिगेशन
मुख्य कुरा

‘रवि लामिछानेलाई दोषी देखाउन संसदीय समितिमार्फत राज्यले सबै शक्ति परिचालन गरेकाे थियाे तर सकेनन् ’ शिशिर खनाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री शिशिर खनालले रवि लामिछानेलाई सहकारीमा दोषी देखाउन राज्यले संसदीय समितिमार्फत देशका सम्पूर्ण शक्ति परिचालन गरेको खुलासा गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मङ्गलबार पार्टीको केन्द्रिय परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता खनालले तर पनि नसकेकाे खुलासा गरेका हुन् । रवि लामिछानेलाई सहकारीबाट रकम ल्याएको पुष्टि गराउन राज्यले राष्ट्र बैंक, प्रहरी, सहकारी विभाग देखि सबै संयन्त्र परिचालन गरेको खनालले बताए । 

उनले यस्तो कार्यलाई समितिलाई सहयोगका नाममा भएको  राज्यको शक्तिको प्रयोगको संज्ञा पनि दिए । कतैबाट पनि प्रमाण नभेटेपछि रविलाई कतै न कतै बाट त दोषी भन्न प¥यो भन्दै गोरखा मिडियातिर घटनाक्रम मोडाउने काम भएको उनको भनाई छ।

 

‘यो राज्यको सम्पूर्ण शक्ति, रवि लामिछानेले सहकारीको पैसा लगेको छ कि छैन । त्यसको कुनै निकायको कुनै कुना कुनामा त्यो पैसा भेटिन्छकी भनेर खोज्न राज्यको शक्तिको प्रयोग समितिमा मार्फत गरियो,’ नेता खानलले भने, ‘राष्ट्र बैंक, प्रहरी प्रशासन, नियमक अन्य निकाय, सहकारी विभागका आधारमा, पत्रिकाका सूचना लगायतका सबै संयन्त्रको व्यापक परिचालन गर्दा पनि रवि लामिछानेले सहकारीबाट पैसा ल्याउन कतै हस्ताक्षर पनि नगरेको, पैसा नल्याएको पुष्टि भयो ।’ 

पार्टीको सभापति माथि  लगाइएको सहकारी ठगको मुख्य आरोप पुष्टि गर्न प्रमाण नभेटिएको कुरा हिजो बुझाएको  प्रतिवेदनमा उल्लेख रहेको उनले खुलाए ।

सहकारीको रकम रवि लामिछानेले लगेको छ कि छैन् भन्ने आरोपमा समितिले रवि लामिछानेको प्रमाण नै छैन भनेपछि पैसा त गोरखा मिडियामा गएको त देखियो अब त्यता केन्द्रित गर्न पर्छ भन्न थालिएको खनालले पार्टीका सदस्यहरूलाई सुनाए ।

रास्वपालाई कमजोर पार्न पहिले  काँक्रो चोर भन्नेहरू अहिले चोरेको काँक्रो खाएको रहिछस् नि भन्न थालेको पनि उनले बताए । ‘यहाँ पहिले काँक्रो चोर काँक्रो चोर भनेर आरोप लगाइयो । यो समितिले रवि लामिछानेले काँक्रो चोरेको भन्ने पुष्टि गर्न सकेन । तर, अहिले के भन्न थालिएको छ भने रवि लामिछानेले अरुले चोरेको काँक्रोको एउटा चिरा खाएको भन्न थालिएको छ,’ खनालले भने । 

गलत भाष्य बनाउन प्रयास भएको भन्दै उनले यसलाई चिरेर अघि बढ्ने पनि बताए ।  प्रतिवेदन बुझाई सकेपछि संसदीय छानबिन समितिले सहकारी ऐन अन्तर्गत रवि लामिछाने दोषी छैनन् भन्ने कुरा पुष्टि गरेको उनको प्रष्टोक्ति छ । 

अब यो प्रकरणमा पार्टी सभापतिको भूमिका कम्पनी ऐन र विशुद्ध कम्पनीसँग मात्रैको विषय भएको उनको भनाई छ। नेता खनालले रास्वपा र पार्टि सभापति विरुद्ध लगाइएको आरोपको कुनै प्रमाण नभेटिएको भन्दै समितिले फेला पारेको ८७ अर्ब अपचलनमा संलग्नहरुको प्रमाण खोजिने बताए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation