नेभिगेशन
सबै कुरा

माइतिघरमा धर्नारत विद्यार्थीलाई भेट्न पुगे शिक्षामन्त्री र शिक्षा समितिका सभापति, धर्ना स्थगित गर्न आग्रह

काठमाडौँ । शैक्षिक सुधारको माग लिएर माइतीघर मण्डलामा एक हप्तादेखि उभिएर धर्नामा रहेका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंको स्वास्थ्य अवस्था बुझ्न र संवाद गर्न शिक्षामन्त्री विद्या भट्टराई र शिक्षा समिति सभापति अम्मरबहादुर थापा माइतीघर मण्डला पुगेका छन । शिक्षा समिति सभापति थापाले पुस अन्तिम साता चापागाईँलाई समितिमा बोलाएर उनको मागबारे थप छलफल गरेर समाधान गर्ने बताएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटमा शिक्षामन्त्री भट्टराईले शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत कामहरु भइरहेको बताएकी छिन् । शिक्षा क्षेत्रको सुधारका लागि माइतिघरमा धर्नामा बसेका विद्यार्थीहरुमाझ मन्त्री भट्टराईले शिक्षा क्षेत्रको सुधारका लागि ऐन कानून निर्माण देखि बिभिन्न नीतिगत कामहरु भइरहेको बताएकी हुन् । 

Ncell
Extreme Energy

उनले तीन तहबीच समन्वयका आधारमा मात्रै शिक्षा सुधार गर्न सकिने धारणा राखिन् । मन्त्रालयले विभिन्न शीर्षकमा स्थानीय तहमा बजेट पठाएपछि पालिकामा शिक्षा कोष र योजना हुन नसक्दा समस्या भएको उनले बताइन् । 

उनले बजेट बनाइसकेपछि आफु मन्त्रालयमा आएकाले आफ्नो भिजन बजेटमा राख्न नसकेकाले आगामी बजेटमा स्पष्ट भिजनसहितको बजेटको व्यवस्था गरिने प्रतिवद्धता जनाइन् । यो बर्ष कार्यान्वयनमा नरहेका कार्यक्रमको बजेट प्रकोपबाट प्रभावित बिद्यालयमा केन्द्रीत गरेको उनले बताइन् । 

त्यस्तै उनले शिक्षा सुधारको माग गर्दै निरन्तर माइतिघरमा धर्ना दिएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाई लगाएतलाई आन्दोलन स्थगीत गर्न आग्रह समेत गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

विद्यालयका अनुसार कुल सहयोग रकममध्ये विद्यालय तथा कलेजको संस्थागततर्फबाट १५ लाख ३३ हजार ३३३ रुपैयाँ, शिक्षक तथा कर्मचारीका तर्फबाट ५ लाख ७५ हजार ७४७ रुपैयाँ र विद्यार्थीका तर्फबाट...
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
पोखरा विश्वविद्यालयले  खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान

पोखरा विश्वविद्यालयले  खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान

विश्वविद्यालयका अनुसार कार्ययोजनामा संकायको SWOT विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना र समयसीमा, स्रोत तथा बजेट र अनुगमन लगायतका विषय समेटिनुपर्नेछ।
अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता...