नेभिगेशन
सबै कुरा

माइतिघरमा धर्नारत विद्यार्थीलाई भेट्न पुगे शिक्षामन्त्री र शिक्षा समितिका सभापति, धर्ना स्थगित गर्न आग्रह

काठमाडौँ । शैक्षिक सुधारको माग लिएर माइतीघर मण्डलामा एक हप्तादेखि उभिएर धर्नामा रहेका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंको स्वास्थ्य अवस्था बुझ्न र संवाद गर्न शिक्षामन्त्री विद्या भट्टराई र शिक्षा समिति सभापति अम्मरबहादुर थापा माइतीघर मण्डला पुगेका छन । शिक्षा समिति सभापति थापाले पुस अन्तिम साता चापागाईँलाई समितिमा बोलाएर उनको मागबारे थप छलफल गरेर समाधान गर्ने बताएका थिए । 

भेटमा शिक्षामन्त्री भट्टराईले शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत कामहरु भइरहेको बताएकी छिन् । शिक्षा क्षेत्रको सुधारका लागि माइतिघरमा धर्नामा बसेका विद्यार्थीहरुमाझ मन्त्री भट्टराईले शिक्षा क्षेत्रको सुधारका लागि ऐन कानून निर्माण देखि बिभिन्न नीतिगत कामहरु भइरहेको बताएकी हुन् । 

City Express

उनले तीन तहबीच समन्वयका आधारमा मात्रै शिक्षा सुधार गर्न सकिने धारणा राखिन् । मन्त्रालयले विभिन्न शीर्षकमा स्थानीय तहमा बजेट पठाएपछि पालिकामा शिक्षा कोष र योजना हुन नसक्दा समस्या भएको उनले बताइन् । 

उनले बजेट बनाइसकेपछि आफु मन्त्रालयमा आएकाले आफ्नो भिजन बजेटमा राख्न नसकेकाले आगामी बजेटमा स्पष्ट भिजनसहितको बजेटको व्यवस्था गरिने प्रतिवद्धता जनाइन् । यो बर्ष कार्यान्वयनमा नरहेका कार्यक्रमको बजेट प्रकोपबाट प्रभावित बिद्यालयमा केन्द्रीत गरेको उनले बताइन् । 

त्यस्तै उनले शिक्षा सुधारको माग गर्दै निरन्तर माइतिघरमा धर्ना दिएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाई लगाएतलाई आन्दोलन स्थगीत गर्न आग्रह समेत गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविमा कात्तिक ११ गतेसम्म पठनपाठन बन्द

त्रिविमा कात्तिक ११ गतेसम्म पठनपाठन बन्द

त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले सूचना जारी गर्दै देशमा देखिएको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै पठनपाठन बन्द गर्ने निर्णय भएको जनाएको छ ।
नेपाल शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्नासँगै ध्यानाकर्षण

नेपाल शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्नासँगै ध्यानाकर्षण

शिक्षकहरुको ध्यानाकर्षण पत्र बुझ्दै रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले शिक्षकहरुका जायज मागलाई सरकारले सुन्नुपर्ने बताए । उनले शिक्षकका मुद्दालाई संसदबाट समेत उठाउने आश्वासन दिए । सरकारले बेलैमा शिक्षकका मुद्दामा...
शिक्षक महासंघद्वारा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा धर्ना (तस्विरहरु)

शिक्षक महासंघद्वारा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा धर्ना (तस्विरहरु)

नेपाल शिक्षक महासंघले  नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ बजे देखि दिउसो १ बजेसम्म २...
शिक्षक महासंघद्वारा नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना

शिक्षक महासंघद्वारा नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना

शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यलयमा धर्ना दिएका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ः०० बजे देखि दिउसो १ः०० बजेसम्म २ घण्टा नेकपा एमालेको कार्यालय...