नेभिगेशन
समाज

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले लिएको अध्ययन बिदा दुरुपयोग भएको भन्ने गुनासो पछि छानबिन गर्न समिति गठन गरिएको छ । विश्वविद्यालयको वनविज्ञान सङ्कायका डीन डा गान्धिव काफ्लेको संयोजकत्वमा समिति गठन गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको उल्लेख छ । 

Marvel
Extreme Energy

समितिमा कृषि सङ्कायका सहायक डीन (प्रशासन) डा कृष्णप्रसाद थापालिया, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायका सहायक डीन (प्रशासन) राजेन्द्र बस्याल र सहप्रशासक सहदेव चौधरी सदस्य रहेका छन् । कर्मचारी प्रशासन महाशाखाका कामु उपप्रशासक दिनेश अधिकारी सदस्य सचिव रहेका छन् । 

समितिले विश्वविद्यालय स्थापना भएदेखि वा अन्य विश्वविद्यालय तथा निकायबाट समायोजन भई विश्वविद्यालयको शिक्षक तथा कर्मचारी सेवामा रहेका र अध्ययन बिदा लिएका शिक्षक तथा कर्मचारीको बिदा स्वीकृति, अध्ययनको अवस्था, बिदाको प्रयोजन तथा बिदा अवधिमा भए÷गरेका गतिविधिबारे छानबिन गर्ने पत्रमा उल्लेख छ ।

त्यसैगरी, अध्ययन बिदाको स्वीकृति प्रक्रिया, अध्ययनको प्रगति तथा बिदाको अवधिमा सम्बन्धित शिक्षक तथा कर्मचारीले गरेका गतिविधिलाई छानबिनको आधार बनाइने विश्वविद्यालयले जनाएको छ । 

समितिले तोकिएको कार्यादेशअनुसार अध्ययन बिदा दुरुपयोगसम्बन्धी विषयमा छानबिन गरी तीन महिनाभित्र विश्वविद्यालयको रजिस्ट्रार कार्यालयमा विस्तृत प्रतिवेदन बुझाउनेछ । विसं २०६९ मा स्थापना भएको यस विश्वविद्यालयमा प्राध्यापक कर्मचारी गरी ७७१ जना छन् । जसमध्ये १७२ जना प्राध्यापन र ५९९ जना कर्मचारी रहेका छन् । तीमध्ये प्राध्यापनतर्फका ४० जना र कर्मचारी २५ जना बिदामा रहेको रजिष्ट्रार सिंहले जानकारी दिए । 

उनीहरु र यसअघि बिदा लिएकाहरुले बिदाको सही उपयोग गरे÷नगरेकोसमेत अध्ययन गरी प्रतिवेदन तयारका लागि समिति बनाइएको उनले बताए । यसअघि बिदामा गएर नआएका कोही भए त्यसकोसमेत समितिले खोजी गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भीमफेदी दुर्घटनाका मृतकका परिवार र घाइतेलाई भेटे सभामुख अर्यालले

भीमफेदी दुर्घटनाका मृतकका परिवार र घाइतेलाई भेटे सभामुख अर्यालले

सभामुख डोलप्रसाद (डीपी) अर्यालले भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाउनेका परिवार तथा आफन्त र घाइतेलाई भेटेका छन्।
बझाङ अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो, चालक प्रहरी नियन्त्रणमा

बझाङ अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो, चालक प्रहरी नियन्त्रणमा

बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो रिक्सा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा संलग्न अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
एनभिडियासँग १० दिनभित्र जवाफ माग्दै अमेरिकी अर्थमन्त्री, हुआङलाई फर्काउन डेढ लाखको हस्ताक्षर

एनभिडियासँग १० दिनभित्र जवाफ माग्दै अमेरिकी अर्थमन्त्री, हुआङलाई फर्काउन डेढ लाखको हस्ताक्षर

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनमा अत्याधुनिक एआई चिप पुर्‍याएको आशंकाबारे विश्वकै प्रमुख चिप निर्माता कम्पनी एनभिडियासँग १० दिनभित्र जवाफ मागेका छन्।
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस चलाउने रास्वपाको तयारी

सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस चलाउने रास्वपाको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा बहस र राजनीतिक सहमति आवश्यक रहेको बताएका छन्।