नेभिगेशन
समाज

‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी

काठमाडौँ । नेपाल–चीन स्वास्थ्य सहकार्यको कथा ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्रको प्रदर्शन गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चाइना मिडिया ग्रुप एसियाली तथा अफ्रिकी भाषा कार्यक्रम केन्द्र र साइनो नेपाल मिडिया सोसाइटीले आज यहाँ आयोजना गरेको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राष्ट्रियस्तरको क्यान्सर अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका रूपमा विकास गर्न चिनियाँ सहयोगमा जोड दिए । 

Marvel
Extreme Energy

उनले अस्पतालको स्तरोन्नति तथा संस्थागत विकासका लागि प्राविधिक सहयोग, विशेषज्ञ जनशक्ति उत्पादन र शैक्षिक सहकार्य आवश्यक रहेको बताए । अध्यक्ष दाहालले सन् १९९९ मा चीनको सहयोगमा स्थापना भएको उक्त अस्पताल नेपाल–चीन मित्रताको प्रतीक भएको समेत उल्लेख गरे । एक सय  शय्याबाट सुरु भएको अस्पताल हाल ५०० शय्यामा विस्तार भएको छ । अस्पतालमा हालसम्म २९९ जना सम्मिलित चिनियाँ चिकित्सक टोलीले सेवा प्रवाह गरिरहेको छ । 

अध्यक्ष दाहालले नेपालमा कार्यरत चिनियाँ चिकित्सकहरूको सेवाभाव, समर्पण र मानवीय संवेदनालाई वृत्तचित्रले जीवन्त रूपमा प्रस्तुत गरेको बताए । 

बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले भोटेकोसी बाढी तथा मनसुनजन्य विपद्बाट प्रभावित बागमती प्रदेशका १२ जिल्लाका स्वास्थ्य संस्था, विद्यालय र अत्यावश्यक भौतिक पूर्वाधारको पुनर्निर्माण तथा स्तरोन्नतिमा चीन सरकारसँग सहयोगका निम्ति आग्रह गरे । 

यहाँस्थित चिनियाँ दूतावासका कार्यवाहक प्रमुख चौ फानले चीन र नेपालबीच स्वास्थ्य क्षेत्रमा हुँदै आएको सहकार्यलाई अझ विस्तार गर्न चीन इच्छुक रहेको बताए । 

कार्यक्रममा नेपालका लागि चिनियाँ चिकित्सा सहायता टोलीका प्रतिनिधिले नेपालमा स्वास्थ्य सेवा प्रदान गर्दाका अनुभव सुनाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

आज  सम्झौता गर्दै मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएकि हुन् । सम्झौतामा उनले अस्पतालको सरसफाइ, श्यया उपलब्धता, बिरामीको प्रतीक्षा...
आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भदौ ३१ गतेदेखी असोज ५ गतेसंम्म नुवाकोटका विभिन्न क्षेत्रमा संन्चालीत स्वास्थ्य शिविरमा कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय...
भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन...
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...