नेभिगेशन
समाज

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस समेत फैलिएको छ । बागलुङमा  डेङ्गु संक्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


विशेषगरी जिल्ला सदरमुकाम बागलुङ बजारमा तिब्र रुपमा डेङ्गु फैलिएको छ । बागलुङमा साउन यता मात्रै एक हजार ४०३ जनामा डेङ्गु फैलिएको छ जुन तथ्याङ्कन नेपालमै उच्च रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ जनाएको छ । 

Ncell
Extreme Energy

बागलुङ जिल्ला सदरमुकाम धौलागिरि अस्पतालमा मात्रै एक हजार २२४ जनामा संक्रमण पुष्टी भएको हो । 
बागलुङ बजारमा अहिले घरैपिच्छे डेङ्गु संक्रमण फैलिएपछि अहिले उच्च सचेतना अपनाउदै आइएको छ । अहिले दैनिकजसो खोज र नष्ट गर अभियान चलाइएपनि संक्रमण दर बढिरहेको पाइएको छ । 

यस्तै गत वर्ष पाँच जनामा मात्र देखिएको स्क्रब टाइफसको सङ्क्रमण बागलुङमा यो वर्ष साउनयता  दुई सय ८२ जनामा पुष्टी भएको छ । 

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको ५० प्रतिशत गलकोट नगरपालिकामा देखिएको छ भने त्यपछि ढोरपाटन, बडिगाड लगायतका पालिकामा देखिएको हो ।  

नेपालमै सबैभन्दा बढी डेङ्गु फैलिएको जिल्लाकोे रुपमा बागलुङ र पालिकाको रुपमा बागलुङ नगरपालिका रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो । उहाँले बागलुङ डेङ्गु सहित स्क्रब टाइफस सेमत उच्च जोखिममा रहेको पाइएको छ । 
१० पालिका मध्ये बागलुङ नगरपालिकामा मात्रै ९३७ जनामा डेङ्गु संक्रमण देखिएको छ । यो तथ्याङ असार, साउन र भदौं महिनाको हो । 


“नेपालको पछिल्लो तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी डेङ्गु संक्रमण भएको जिल्ला बागलुङ रहेको पाइएको छ, हामीले उच्च सर्तकता अपनाउदै गएपनि संक्रमणको दर उच्च रहेको छ भने धौलागिरि अस्पतालमा डेङ्गुका बिरामीको चाप उच्च रहेको छ” शर्माले भने “बागलुङ बजारका लामखुट्टेको बासस्थान खोज्ने र नष्टक गर्ने संगै ग्यारेजमा टायर समेत जफत गर्न थालिएको, देशभरमै बढी संक्रमण भएकाले हामी थप सचेत भएर अघि बढ्नुपर्ने देखिएको छ ।”


डेङ्गु संक्रमण बागलुङ सहित सबै पालिकामा फैलिएको छ ।  गलकोट नगरपालिकामा ७३, काठेखोला गाउँपालिकामा ११०, जैमिनी नगरपालिकामा ७८, ढोरपाटन नगरपालिकामा ५१, ताराखोला गाउँपालिकामा ६, बडिगाड गाउँपालिकामा १७, निसीखोला गाउँपालिकामा २३, तमानखोला गाउँपालिकामा ६ र बरेङ गाउँपालिकामा ४ जना र अन्य पालिका घर भई बागलुङमा उपचारका लागि आउनुभएका ९८ जना गरी जम्मा एक हजार ४०३ जनामा डेङ्गु देखिएको हो । 


बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारमा दैनिक ३० देखि ५० जना सम्ममा डेङ्गु देखिन थालेको धौलागिरि अस्पताल बागलुङका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिए । शर्माका अनुसार अहिले धौलागिरि अस्पतालमा डेङ्गुका लक्षण भएका बिरामीले अस्पतालको आकश्मिक कक्ष भरिने गरेको बताए ।  
लामखुट्टेको लार्भा र बासस्थान रहेको ग्यारेज, टायर, फुलदानी लगायतका क्षेत्रमा निगरानी बढाउने डेङ्गुको बासस्थान नास गर्ने काम चलिरहेको भएपनि संक्रमण नघटेको हो । 
। 
निरन्तर पानी परेकाले बढ्दै गएको डेङ्गु नियन्त्रणमा तगारुकता नदेखाउने ग्यारेजबाट चार ट्याक्टर टायर जफत समेत गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

सरकारले सुरक्षित मातृत्व र अभिभावकत्वका लागि प्रसूति बिदा अवधि बढाएको छ ।
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ।
अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

मन्त्रालयले देशका विभिन्न १२ वटा सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने भएको छ ।
शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले भोटेकोशी बाढीमा परी मृत्यु भएका व्यक्तिहरुको शव सुरक्षित राख्न समस्या भएको जनाएको छ ।