नेभिगेशन
समाज

अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

काठमाडौँ । सरकारले सुरक्षित मातृत्व र अभिभावकत्वका लागि प्रसूति बिदा अवधि बढाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कानुन मन्त्रालयसँगको परामर्शमा स्वास्थ्य मन्त्रालयले तयार पारेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयकमा प्रसूति बिदा र प्रसूति स्याहार बिदाको अवधि बढाउने प्रस्ताव गरिएको हो । 

Marvel

कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमकाअनुसार विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा प्रस्ताव गरिएको छ । 

सुरक्षित मातृत्व र अभिभावकत्वका सन्दर्भमा यो महत्त्वपूर्ण नीतिगत परिवर्तन भएको उनको भनाइ छ । 'बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया हो, तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी होइन,' उनले भनेकी छिन् । 

नयाँ कानुनबाट अभिभावकले बच्चालाई पर्याप्त समय दिन पाउने मन्त्री गौतमको भनाइ छ ।

'आजको व्यस्त जीवनमा कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेका छन्। जीवनमा एक वा दुई पटक आउने मातृत्व र पितृत्वको यो विशेष समयमा अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी पनि हो। यही सोचसहित सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार भएको छ र अब मन्त्रिपरिषद् हुँदै संसदमा लैजाने तयारीमा छौँ,' उनले भनेकी छिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

आज  सम्झौता गर्दै मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएकि हुन् । सम्झौतामा उनले अस्पतालको सरसफाइ, श्यया उपलब्धता, बिरामीको प्रतीक्षा...
आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भदौ ३१ गतेदेखी असोज ५ गतेसंम्म नुवाकोटका विभिन्न क्षेत्रमा संन्चालीत स्वास्थ्य शिविरमा कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय...
भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन...
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...