नेभिगेशन
समाज

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा पुगेका दुई जना पर्यटक सम्पर्कविहीन भएका छन् । बडीमालिका माताको दर्शन तथा घुम्न पुगेका दुई जना पर्यटक वर्षासहित भारी हिमपातपछि सम्पर्कविहीन भएका हुन् । 
    
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर कार्की सम्पर्कविहीन भएका हुन् । यही कात्तिक ९ गते सदरमुकाम मार्तडीबाट पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेकामा तीन जना भने बडीमालिका पुगेर फर्किसकेका उनले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चार हजार दुई मिटर उचाइमा अवस्थित बडीमालिका भगवती मन्दिरमा दर्शन गरेर फर्कने क्रममा शुक्रबार मनिष बोहरा सम्पर्कविहीन रहेकामा गए रातिदेखि सागर कार्कीसँग पनि सम्पर्क हुन नसकेको सूचना अधिकारी शाहीले जानकारी दिए । “हिजो सागरसँग फोन सम्पर्क गर्दा बडीमालिकाबाट फर्किने क्रममा साथी हरायो, म त्रिवेणी पाटनमा छु भन्दै हुनुहुन्थ्यो”, उनले भने, “उहाँहरू सो क्षेत्रमा भारी हिमपातका कारण अलपत्र पर्नुभएको हुनसक्छ ।” 

Marvel

सूचना अधिकारी शाहीले त्यहाँ पुगेका मनिष हिमपातपछि हराएका र भारी हिउँ पर्दा तल झर्न नसक्दा सागर पनि अलपत्र परेका हुनसक्ने बताए । दुवै जनाको मोबाइल बन्द भएको सङ्केत आइरहेकाले उद्धार टोली त्यसतर्फ खोजीका लागि पठाउने तयारी भइरहेको उनले बताए । 

जिल्लामा शुक्रबारदेखि भएको वर्षाका कारण बडीमालिकासहित उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा उद्धार गर्न कठिनाइ भएको जनाउँदै सूचना अधिकारी शाहीले मार्तडीबाट प्रहरीको टोली खटाउने तयारी भइरहेको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

निरन्तरको वर्षाका कारण खोलामा बाढी आएपछि जोखिम मोलेर खोला पार गर्न खोज्दा बस बीचमै फसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बसमा सवार सबै यात्रुलाई उद्धार गरिएको...
‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आँकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र...
तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो...