नेभिगेशन
समाज

बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

धनकुटा । ताप्लेजुङबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस शुक्रबार अपराह्न तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती क्षेत्र नावा खोलामा फसेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निरन्तरको वर्षाका कारण खोलामा बाढी आएपछि जोखिम मोलेर खोला पार गर्न खोज्दा बस बीचमै फसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बसमा सवार सबै यात्रुलाई उद्धार गरिएको प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिनुभयो । बस फसेपछि बसमा रहेका करिब ३० जना यात्रुहरूलाई जेसिबीको सहायताले सुरक्षित स्थानमा सारिएको उनले बताए । 

Marvel
Extreme Energy

प्रदेश १–०१–००१ ख ४२३३ नम्बरको बस नावा खोलामा फसेको हो । बस पनि जेसिबीको सहायताले निकालिएको छ । बिहीबार बिहानैदेखि भइरहेको वर्षाका कारण नावा खोलासहित विभिन्न खोलामा पानीको सतह बढेको छ । खोलामा पानीको बहाव उच्च भएपछि तमोर करिडोर सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङ र सुनसरीका तराई क्षेत्रलाई धनकुटा हुँदै पाँचथर, तेह्रथुमबाट हिमाली जिल्ला ताप्लेजुङसँग जोड्ने महत्त्वपूर्ण मार्गका रूपमा तमोर करिडोर रहेको छ । तर, नावा खोलामा हालसम्म पक्की पुल निर्माण नहुँदा वर्षायाममा बाढी आउनेबित्तिकै सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ ।

पुल निर्माणको ठेक्का लागे पनि पटकपटक म्याद थप हुँदा पनि निर्माण सम्पन्न हुनसकेको छैन । जसले गर्दा यात्रु तथा स्थानीयवासीले आवतजावतमा सास्ती खेप्दै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आँकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र...
तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो...
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

त्यसैगरी प्रवक्ता शेर्पाका अनुसार बैठकले यही कात्तिक ८ गते धनकुटा, भोजपुर र उदपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान...
भोटेकोशी बाढीमा बेपत्ता बुद्धिमानको ६० दिनपछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशी बाढीमा बेपत्ता बुद्धिमानको ६० दिनपछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका उदयपुर कटारी नगरपालिका–५ सोक्लाका २० वर्षीय बुद्धिमान परियार ६० दिनसम्म पनि फेला नपरेपछि परिवारले कुशको प्रतीकात्मक शव बनाएर दाहसंस्कार गरेको छ।

भर्खरै