नेभिगेशन
समाज

पक्राउ परेका सबै पत्रकार रिहाः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

काठमडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन् । शुक्रबार साँझ फेसबुकमार्फत मन्त्री तिमिल्सिनाले सबै पत्रकार रिहा भएको जानकारी दिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन् । सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् ।’

Marvel
Extreme Energy

शुक्रबार समाचारबारे बुझ्नु छ भन्दै प्रहरीले पत्रकारमाथि धरपकड सुरू गरेको हो । शुक्रबार दिउँसो प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको थियो । उनलाई साइबर ब्यूरो लगिएको थियो । 

नेपाल प्रेसका प्रधानसम्पादक मात्रिका पौडेल र अध्यक्ष विन्दुराज लम्साललाई पनि साइबर ब्यूरो बोलाइएपछि उनीहरू त्यहाँ पुगेका थिए । 

नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि सादा पोसाकका प्रहरी पुगेका थिए । उनीहरूले पत्रकार नवराज मैनालीलाई खोजि गरेका थिए । केहीबेरको विवादपछि प्रहरी निस्केपनि प्रहरी नयाँ पत्रिकाको कार्यालयमा घेरा हालेर बसेको थियो । दैनिकका २ पत्रकारलाई साइबर ब्यूरो उपस्थित हुन भन्दै प्रहरी त्यहाँबाट निस्किएको छ । 

यस्तै दियो पोष्टको कार्यालयमा पनि प्रहरी पुगेको थियो । नामनगरस्थित कार्यालयमा पुगेका प्रधानसम्पादक सुदीप विश्वकर्मा, सम्पादक रीता बुढाथोकीलाई खोजेको थियो। 

डिएनए खबरका धिरज बस्नेत पनि पक्राउ परेका त्यहाँका पत्रकारहरूले बताएका छन्।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मिडियाको मुख थुन्न भएका गतिविधि सहि र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

मिडियाको मुख थुन्न भएका गतिविधि सहि र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

शुक्रबार समाचारको विषयमा प्रहरीले नेपाल प्रेस र डिएनए खबरका पत्रकारलाई पक्राउ गरेको थियो भने नयाँ पत्रिका र दियो पोस्टका कार्यालयमा धरपकड गरेको थियो ।
‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संबर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखिएको बताएका हुन् ।
नेपाल प्रेसका पत्रकार रिहा, नयाँ पत्रिका कार्यालयबाट बाहिरियो प्रहरी

नेपाल प्रेसका पत्रकार रिहा, नयाँ पत्रिका कार्यालयबाट बाहिरियो प्रहरी

नयाँ पत्रिका दैनिकमा तैनाथ गरिएका प्रहरी पनि फर्किएका छन् । सम्पादक खगेन्द्र पन्त र वरिष्ठ संवाददाता मैनालीलाई शनिबार बिहान १० बजे नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित हुन निर्देशन...
पत्रकार पक्राउ र धरपकडप्रति रास्वपाको आपत्ति, बिनासर्त रिहाइको माग

पत्रकार पक्राउ र धरपकडप्रति रास्वपाको आपत्ति, बिनासर्त रिहाइको माग

प्रेस स्वतन्त्रतामाथिको प्रहार नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिकै कुठाराघात भएको रास्वपाले जनाएको छ । पत्रकारिताको विश्वव्यापी मूल्य, मान्यता र अभ्यासअनुसार समाचारको स्रोतको गोपनीयता रक्षा गर्नु सञ्चारकर्मीको अहरणीय...

भर्खरै