नेभिगेशन
समाज

नेपाल प्रेसका पत्रकार रिहा, नयाँ पत्रिका कार्यालयबाट बाहिरियो प्रहरी

काठमाडौँ । नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले रिहा गरेको छ । उनलाई केहीबेरअघि साइबर ब्यूरोले रिहा गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रेसका अनुसार प्रहरीले सुवेदीलाई प्रकाशित समाचारको स्रोत खोल्न दबाब दिएको थियो । यस्तै प्रधान सम्पादक मात्रिका पौडेल र अध्यक्ष विन्दुराज लम्साललाई पनि ब्यूरोमा बोलाएर सोधपुछ गरिएको थियो । 

Marvel
Extreme Energy

प्रधान सम्पादक पौडेलले समाचारको सबै जिम्मेवारी आफूले लिने बताएपछि पत्रकार सुवेदीलाई रिहा गर्न प्रहरी तयार भएको र समाचारको स्रोत खोल्न पौडेलले अस्वीकार गरेको नेपाल प्रेसले जनाएको छ ।
 
त्यस्तै प्रधानमन्त्री बालेन शाहले पनि पक्राउ परेका पत्रकारहरुलाई रिहा गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । 

त्यस्तै नयाँ पत्रिका दैनिकमा तैनाथ गरिएका प्रहरी पनि फर्किएका छन् । सम्पादक खगेन्द्र पन्त र वरिष्ठ संवाददाता मैनालीलाई शनिबार बिहान १० बजे नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित हुन निर्देशन दिँदै प्रहरी निस्किएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मिडियाको मुख थुन्न भएका गतिविधि सहि र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

मिडियाको मुख थुन्न भएका गतिविधि सहि र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

शुक्रबार समाचारको विषयमा प्रहरीले नेपाल प्रेस र डिएनए खबरका पत्रकारलाई पक्राउ गरेको थियो भने नयाँ पत्रिका र दियो पोस्टका कार्यालयमा धरपकड गरेको थियो ।
‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संबर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखिएको बताएका हुन् ।
पक्राउ परेका सबै पत्रकार रिहाः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

पक्राउ परेका सबै पत्रकार रिहाः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

उनले भने, ‘‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन् । सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् ।’
पत्रकार पक्राउ र धरपकडप्रति रास्वपाको आपत्ति, बिनासर्त रिहाइको माग

पत्रकार पक्राउ र धरपकडप्रति रास्वपाको आपत्ति, बिनासर्त रिहाइको माग

प्रेस स्वतन्त्रतामाथिको प्रहार नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिकै कुठाराघात भएको रास्वपाले जनाएको छ । पत्रकारिताको विश्वव्यापी मूल्य, मान्यता र अभ्यासअनुसार समाचारको स्रोतको गोपनीयता रक्षा गर्नु सञ्चारकर्मीको अहरणीय...

भर्खरै