नेभिगेशन
समाज

पत्रकारलाई नियन्त्रणमा लिएको तथा प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिलको गम्भीर आपत्ति

काठमाडौँ । प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी सादा पोसाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काउन्सिलका प्रवक्ता दीपक खनालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको बताएका छन् ।

Marvel
Extreme Energy

काउन्सिलका अनुसार पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिएको प्रमाण प्रस्तुत नगरिएको तथा अपराधको जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिन खोजिनु गम्भीर आपत्तिको विषय हो ।

प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको काउन्सिलको ठहर छ ।

सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा आचारसंहितासम्बन्धी उजुरी भए त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको रहेको विज्ञप्तिमा उल्लेख छ । समाचारकै विषयमा सीधै प्रहरी परिचालन गर्नु काउन्सिलको स्थापित विधि र प्रक्रियाविपरीत भएको भन्दै काउन्सिलले नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित सबै पक्षलाई काउन्सिलमार्फत समाधान खोज्न आग्रह गरेको छ ।

त्यस्तै, नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न काउन्सिलले माग गरेको छ । कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्नसमेत आग्रह गरिएको छ ।

काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ ।

प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको संवर्द्धनका लागि आफू सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै काउन्सिलले पत्रकारमाथि भएको प्रहरी हस्तक्षेपलाई गम्भीर रूपमा लिएको जनाएको छ ।

Press-council-1793369143.jpg
 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संबर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखिएको बताएका हुन् ।
पक्राउ परेका सबै पत्रकार रिहाः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

पक्राउ परेका सबै पत्रकार रिहाः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

उनले भने, ‘‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन् । सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् ।’
नेपाल प्रेसका पत्रकार रिहा, नयाँ पत्रिका कार्यालयबाट बाहिरियो प्रहरी

नेपाल प्रेसका पत्रकार रिहा, नयाँ पत्रिका कार्यालयबाट बाहिरियो प्रहरी

नयाँ पत्रिका दैनिकमा तैनाथ गरिएका प्रहरी पनि फर्किएका छन् । सम्पादक खगेन्द्र पन्त र वरिष्ठ संवाददाता मैनालीलाई शनिबार बिहान १० बजे नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित हुन निर्देशन...
पत्रकार पक्राउ र धरपकडप्रति रास्वपाको आपत्ति, बिनासर्त रिहाइको माग

पत्रकार पक्राउ र धरपकडप्रति रास्वपाको आपत्ति, बिनासर्त रिहाइको माग

प्रेस स्वतन्त्रतामाथिको प्रहार नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिकै कुठाराघात भएको रास्वपाले जनाएको छ । पत्रकारिताको विश्वव्यापी मूल्य, मान्यता र अभ्यासअनुसार समाचारको स्रोतको गोपनीयता रक्षा गर्नु सञ्चारकर्मीको अहरणीय...

भर्खरै