नेभिगेशन
समाज

मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहको आर्थिक अधिकार रद्द

काठमाडौँ । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ। मन्त्रालयले जुम्लाको कनकासुन्दरी गाँउपालिका, पर्साको जिराभवानी गाँउपालिका र काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको खाता रोक्का गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयका अनुसार पालिकामा कार्यरत कर्मचारीको अन्यत्र सरुवा गरिएको थियो। तर, सरुवा भएको निकायमा हाजिर नगरी उनीहरु सोहि पालिकामा कार्यरत रहँदै आएका थिए। यसैबीच, नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई समेत पालिकाले हाजिर गराएको थिएन।

Marvel
Extreme Energy

सरुवा भएर पनि साविककै कार्यालयमा कार्यरत रहेको तथा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराइएको विषयमा मन्त्रालयले पालिकाको आर्थिक जिम्मेवारी रद्द गरेको हो।

मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन निर्देशन दिएको छ।

 मन्त्रालयले पालिकाको आर्थिक जिम्मेवारी रद्द गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जानकारी गराउँदै खाता सञ्चालनको आवश्यक व्यवस्था मिलाउनसमेत मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पत्रकारमाथि प्रहरीको धरपकड, कोको परे पक्राउ ?

पत्रकारमाथि प्रहरीको धरपकड, कोको परे पक्राउ ?

माचारबारे बुझ्नु छ भन्दै प्रहरीले पत्रकारमाथि धरपकड सुरू गरेको छ। शुक्रबार दिउँसो प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ। उनलाई साइबर ब्यूरो लगिएको छ।
राज्यका अंगहरूले किन गुमाउँदैछन् विश्वास ?

राज्यका अंगहरूले किन गुमाउँदैछन् विश्वास ?

व्यवसायी दीपक भट्टले छोटो समयमा गरेको प्रगति र तरक्की लोभलाग्दो थियो । पछि पत्ता लाग्यो– उनी त नामुद बिचौलिया पो रहेछन् ।
नयाँ पत्रिकाको कार्यालयमा छिर्‍यो सादा पोसाकका प्रहरी

नयाँ पत्रिकाको कार्यालयमा छिर्‍यो सादा पोसाकका प्रहरी

पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेका छन्।
नेपा एपको नयाँ अपडेट सार्वजनिक: अब फोटोबाट नेपाली टेक्स्ट निकाल्नेदेखि पानी पिउने रिमाइन्डरसम्मका सुविधा थपिए

नेपा एपको नयाँ अपडेट सार्वजनिक: अब फोटोबाट नेपाली टेक्स्ट निकाल्नेदेखि पानी पिउने रिमाइन्डरसम्मका सुविधा थपिए

नेपा एपमा यसअघि नै नेपाली पात्रो, नेपाली समाचार, जिल्लागत समाचार, नजिकका समाचार, नेपाली रेडियो, दैनिक राशिफल, सुनको मूल्य, सुनको मूल्य कन्भर्टर, विदेशी मुद्रा विनिमय दर, मुद्रा कन्भर्टर, डकुमेन्ट...