नेभिगेशन
समाज

पत्रकारमाथि प्रहरीको धरपकड, कोको परे पक्राउ ?

काठमाडौं। समाचारबारे बुझ्नु छ भन्दै प्रहरीले पत्रकारमाथि धरपकड सुरू गरेको छ। शुक्रबार दिउँसो प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ। उनलाई साइबर ब्यूरो लगिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रेसका प्रधानसम्पादक मात्रिका पौडेल र अध्यक्ष विन्दुराज लम्साललाई पनि साइबर ब्यूरो बोलाइएपछि उनीहरू त्यहाँ पुगेका छन्।

Marvel
Extreme Energy

नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि सादा पोसाकका प्रहरी पुगेका छन्। उनीहरूले पत्रकार नवराज मैनालीलाई खोजिरहेको पत्रकार सुरोजजंग पाण्डेले जानकारी दिए।

उनका अनुसार अहिले पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, नयाँ पत्रिका दैनिकका सम्पादक खगेन्द्र पन्त र प्रहरीबीच छलफल चलिरहेको छ।

यस्तै दियो पोष्टको कार्यालयमा पनि प्रहरी पुगेको छ। अनामनगरस्थित कार्यालयमा पुगेका प्रधानसम्पादक सुदीप विश्वकर्मा, सम्पादक रीता बुढाथोकीलाई खोजेको थियो। डिएनए खबरका धिरज बस्नेत पनि पक्राउ परेका त्यहाँ पत्रकारहरूले बताएका छन्।

पत्रकारमाथि धरपकडको कारण खुलेको छैन। पक्राउ परेका सबैलाई साइबर ब्यूरो  लगिएको बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहको आर्थिक अधिकार रद्द

मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहको आर्थिक अधिकार रद्द

मन्त्रालयका अनुसार पालिकामा कार्यरत कर्मचारीको अन्यत्र सरुवा गरिएको थियो। तर, सरुवा भएको निकायमा हाजिर नगरी उनीहरु सोहि पालिकामा कार्यरत रहँदै आएका थिए। यसैबीच, नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई...
राज्यका अंगहरूले किन गुमाउँदैछन् विश्वास ?

राज्यका अंगहरूले किन गुमाउँदैछन् विश्वास ?

व्यवसायी दीपक भट्टले छोटो समयमा गरेको प्रगति र तरक्की लोभलाग्दो थियो । पछि पत्ता लाग्यो– उनी त नामुद बिचौलिया पो रहेछन् ।
नयाँ पत्रिकाको कार्यालयमा छिर्‍यो सादा पोसाकका प्रहरी

नयाँ पत्रिकाको कार्यालयमा छिर्‍यो सादा पोसाकका प्रहरी

पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेका छन्।
नेपा एपको नयाँ अपडेट सार्वजनिक: अब फोटोबाट नेपाली टेक्स्ट निकाल्नेदेखि पानी पिउने रिमाइन्डरसम्मका सुविधा थपिए

नेपा एपको नयाँ अपडेट सार्वजनिक: अब फोटोबाट नेपाली टेक्स्ट निकाल्नेदेखि पानी पिउने रिमाइन्डरसम्मका सुविधा थपिए

नेपा एपमा यसअघि नै नेपाली पात्रो, नेपाली समाचार, जिल्लागत समाचार, नजिकका समाचार, नेपाली रेडियो, दैनिक राशिफल, सुनको मूल्य, सुनको मूल्य कन्भर्टर, विदेशी मुद्रा विनिमय दर, मुद्रा कन्भर्टर, डकुमेन्ट...