नेभिगेशन
समाज

न्यायाधीशहरु विचौलिया इनम सापकोटालाई भेट्न गएको हिमालय होटलको सिसिटिभी फुटेजमा के छ ?

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले न्यायालयको आचारसंहिता विपरित विचौलिया इनम सापकोटालाई भेटेको खबर बाहिरिएसँगै हिमालय होटलको सिसिटिभी फुटेजको खोजी भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फुयालले आफूसँगै अरु न्यायाधीश पनि सापकोटालाई भेट्न गएको खुलाएपछि सरकारले को को गएका थिए भनेर फुटेज खोजी गरेको हो । 

Extreme Energy

जिल्ला सरकारी वकिल कार्यालयले पनि प्रहरीसँग फुटेज माग गरेको खुलेको छ।

उच्च स्रोतका अनुसार फुटेज माग गरेपछि प्रहरीले अझै उपलब्ध गराएको छैन । 

स्रोतकाअनुसार त्यसदिन फुयालसँगै सात जना न्यायाधीश एवम् कमर्चारीहरू पनि हिमालय होटल पुगेका थिए । त्यसमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल पनि सहभागी रहेको स्रोतको दाबी छ । 

न्यायाधीश नै विचौलिया भेट्न सामूहिक रुपमा होटल गएको तथ्य बाहिरिएपछि सरकारी वकिल कार्यालय प्रमाण संकलनमा जुटेको एक अधिकारीले बताए।

रास्वपा सांसद यज्ञमणि न्यौपानेले न्यायाधीशहरू लाइन लाएर होटलमा विचौलिया भेट्न जानु लज्जास्पद भन्दै फुटेज सार्वजनिक गर्नुपर्ने टिप्पणी गरेका छन् । उनले यसलाई संसदमा छलफल गरी टुंगोमा पुर्‍याउनुपर्ने धारणा पनि राखेका छन् । 

स्रोतकाअनुसार फुटेजमा को-को न्यायाधीश हिमालय होटल गएका थिए र कति समयसम्म विचौलियासँग छलफल गरेका थिए भन्ने कुरा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भुटानमा शिंताफू हिमताल विस्फोट, बाढीले सडक बगाएपछि लाया क्षेत्र सडक सम्पर्कविहीन

भुटानमा शिंताफू हिमताल विस्फोट, बाढीले सडक बगाएपछि लाया क्षेत्र सडक सम्पर्कविहीन

भुटानको उत्तरी क्षेत्रमा रहेको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले सडक तथा पूर्वाधारमा क्षति पुर्‍याएको छ। बाढीले लाया क्षेत्र जोड्ने सडकको एक खण्ड बगाएपछि दुर्गम...
दिग्गज 'स्टार ट्रेक' अभिनेता प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन

दिग्गज 'स्टार ट्रेक' अभिनेता प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन

चर्चित हलिउड चलचित्र शृङ्खला ‘स्टार ट्रेक’ र ‘एक्स-मेन’का महान् तथा दिग्गज अभिनेता सर प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन भएको छ ।
विचौलियासँग उच्च पदस्थको कनेक्सन : संसद अधिवेशन बोलाउन रास्वपा सांसदको माग

विचौलियासँग उच्च पदस्थको कनेक्सन : संसद अधिवेशन बोलाउन रास्वपा सांसदको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले संसदको अधिवेशन बोलाउन माग गरेका छन् ।
सर्वोच्च अदालतको फूल कोर्ट बैठक बस्दै

सर्वोच्च अदालतको फूल कोर्ट बैठक बस्दै

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतको 'फुल कोर्ट' (पूर्ण बैठक) बोलाएका छन् ।