नेभिगेशन
समाज

खैरो हेरोइन र पेस्तोल बोकेर हिँड्ने तीन जनालाई प्रहरीले गोली हानेर लियो नियन्त्रणमा

प्रहरीको गोली लागेर दुई भारतीय नागरिक घाइते, ५०० ग्राम खैरो हेरोइन बरामद

काठमाडौं । मोरङमा ५०० ग्राम खैरो हेरोइन र पेस्तोलसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई भारतीय नागरिक र एक नेपाली छन्। प्रहरीको गोली लागेर दुई भारतीय नागरिक घाइते भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार भारतमा बसेर नेपालमा लागुऔषध आपूर्ति गर्ने गिरोहका सदस्यहरूमाथि निगरानी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

Extreme Energy

ब्युरोले लामो समयदेखि सीमा नाकादेखि काठमाडौं उपत्यकासम्म निगरानी र अनुसन्धान गरिरहेको थियो। सोही क्रममा बुधबार भारतको अररियाबाट मोरङको रतुवामाई नगरपालिका–६ तर्फ दुईवटा मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई प्रहरीले रोकेर जाँच गर्न खोजेको थियो।

त्यसक्रममा भारतीय नागरिक २२ वर्षीय दीपक कुमार बोसाकले आफूसँग रहेको पेस्तोल निकालेर प्रहरीमाथि गोली चलाउन खोजेको प्रहरीको भनाइ छ। प्रहरीले चेतावनीस्वरूप पाँच राउन्ड हवाई फायर गर्दा पनि उनले पेस्तोल ताक्न नछाडेपछि प्रहरीले गोली चलाएको थियो।

प्रहरीको गोली लागेर दीपकको बायाँ खुट्टाको घुँडामुनि एक राउन्ड र अर्का भारतीय नागरिक ४० वर्षीय पुरन कुमार बोसाकको दाहिने खुट्टाको घुँडामुनि दुई राउन्ड गोली लागेको छ।

प्रहरीले उनीहरूको साथबाट ५०० ग्राम खैरो हेरोइन, एक थान पेस्तोल र त्यसमा प्रयोग हुने एक राउन्ड गोली बरामद गरेको छ। घटनामा प्रयोग भएका दुईवटा मोटरसाइकल र तीनवटा मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइते दुवै भारतीय नागरिकको रतुवामाई नगर अस्पताल, झुर्कियामा उपचार भइरहेको छ। पक्राउ परेका अर्का नेपाली नागरिक ३५ वर्षीय योगेन्द्र ठाकुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिजुवा, मोरङमा बुझाइएको छ।

मोरङको रतुवामाई नगरपालिका–१ का स्थायी बासिन्दा ठाकुर शारीरिक रूपमा फरक क्षमता भएका व्यक्ति रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दीपक र पुरन भारतको अररिया जिल्लाका बासिन्दा हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दिग्गज 'स्टार ट्रेक' अभिनेता प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन

दिग्गज 'स्टार ट्रेक' अभिनेता प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन

चर्चित हलिउड चलचित्र शृङ्खला ‘स्टार ट्रेक’ र ‘एक्स-मेन’का महान् तथा दिग्गज अभिनेता सर प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन भएको छ ।
विचौलियासँग उच्च पदस्थको कनेक्सन : संसद अधिवेशन बोलाउन रास्वपा सांसदको माग

विचौलियासँग उच्च पदस्थको कनेक्सन : संसद अधिवेशन बोलाउन रास्वपा सांसदको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले संसदको अधिवेशन बोलाउन माग गरेका छन् ।
सर्वोच्च अदालतको फूल कोर्ट बैठक बस्दै

सर्वोच्च अदालतको फूल कोर्ट बैठक बस्दै

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतको 'फुल कोर्ट' (पूर्ण बैठक) बोलाएका छन् ।
करियरको एक हजार गोलनजिक रोनाल्डो

करियरको एक हजार गोलनजिक रोनाल्डो

क्रिस्टियानो रोनाल्डोका लागि करियरको एक हजार गोलको आँकडा छुनु अब लगभग निश्चित जस्तै देखिएको छ ।