नेभिगेशन
समाज

मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन

काभ्रेपलाञ्चोक । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले मिठाई बनाउन प्रयोग हुने कच्चा पदार्थ, प्रयोग गरिएको तेल वा घिउ, उपभोग्य मिति र मूल्य स्पष्ट देखिनेगरी पसलमा राख्न काभ्रेपलाञ्चोकका व्यवसायीलाई निर्देशन दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला सदरमुकाम धुलिखेल र प्रमुख सहर बनेपाका मिठाई पसलको अनुगमनपश्चात कार्यालयले यस्तो निर्देशन दिएको हो । कार्यालयका प्रमुख मनिषा चापागाईँले मिठाई उत्पादन गर्दा प्रयोग गरिएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको विवरण, उपभोग गरिसक्नुपर्ने मिति र बिक्री मूल्य ग्राहकले सहजै देख्न सक्नेगरी मिठाइको सोकेस वा काउन्टरमा राख्न निर्देशन दिइएको बताए । 

Extreme Energy

अनुगमनका क्रममा कार्यालयले मिठाई व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिएको छ । तारेर वा पकाएर तयार गरिने मिठाइमा सिन्थेटिक खाद्य रङ प्रयोग नगर्न, मिठाइलगायत खाद्य पदार्थ प्याक गर्न छापिएका कागज तथा पत्रपत्रिका प्रयोग नगर्न र खाद्य पदार्थ तार्न एउटै तेल पटकपटक प्रयोग नगर्न व्यवसायीलाई सचेत गराइएको चापागाईँले बताए । साथै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को पालना गर्न र गराउन पनि कार्यालयले निर्देशन दिएको छ । 

मिठाइमा प्रयोग भएका सामग्री तथा मूल्यबारे उपभोक्तालाई स्पष्ट जानकारी उपलब्ध गराउने र खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । यसले उपभोक्तालाई आफूले खरिद गर्न लागेको मिठाइको गुणस्तर, प्रयोग भएका सामग्री र मूल्यबारे जानकारी लिएर खरिद गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । तिहार तथा छठपर्वमा अन्य समयको तुलनामा मिठाइको खपत बढी हुने गर्दछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
न्यायाधीशहरु विचौलिया इनम सापकोटालाई भेट्न गएको हिमालय होटलको सिसिटिभी फुटेजमा के छ ?

न्यायाधीशहरु विचौलिया इनम सापकोटालाई भेट्न गएको हिमालय होटलको सिसिटिभी फुटेजमा के छ ?

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले न्यायालयको आचारसंहिता विपरित विचौलिया इनम सापकोटालाई भेटेको खबर बाहिरिएसँगै हिमालय होटलको सिसिटिभी फुटेजको खोजी भएको छ ।
दिग्गज 'स्टार ट्रेक' अभिनेता प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन

दिग्गज 'स्टार ट्रेक' अभिनेता प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन

चर्चित हलिउड चलचित्र शृङ्खला ‘स्टार ट्रेक’ र ‘एक्स-मेन’का महान् तथा दिग्गज अभिनेता सर प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन भएको छ ।
विचौलियासँग उच्च पदस्थको कनेक्सन : संसद अधिवेशन बोलाउन रास्वपा सांसदको माग

विचौलियासँग उच्च पदस्थको कनेक्सन : संसद अधिवेशन बोलाउन रास्वपा सांसदको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले संसदको अधिवेशन बोलाउन माग गरेका छन् ।
सर्वोच्च अदालतको फूल कोर्ट बैठक बस्दै

सर्वोच्च अदालतको फूल कोर्ट बैठक बस्दै

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतको 'फुल कोर्ट' (पूर्ण बैठक) बोलाएका छन् ।