नेभिगेशन
समाज

विचौलियासँग उच्च पदस्थको कनेक्सन : संसद अधिवेशन बोलाउन रास्वपा सांसदको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले संसदको अधिवेशन बोलाउन माग गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानन्यायाधीश, न्यायाधीशदेखि आईजीपीसम्मको कनेक्सन विचौलिया इनम सापकोटासँग देखिएको विषयमा छलफल गर्न प्रतिनिधि सभा बोलाउनुपर्ने सांसद न्यौपानेको धारणा छ । 

Extreme Energy

संसदमा न्यायाधीशको आचरण र न्यायालयको कामकारवाहीमाथि तिखो टिप्पणी गर्दै महाभियोग लगाउनुपर्नेसम्मको वकालत गर्दै आएका न्यौपानेले संसद बोलाउन माग गरेका हुन् । 

अधिवक्ता समेत रहेका सांसद न्यौपानेले संसदको छलफल विषय बनाउने भनेर प्रधानन्यायाधीश र न्यायाधीशमाथि महाभियोग लगाउनुपर्ने संकेत गरेका छन् । अब के हुन्छ भन्ने प्रश्नमा उनले संसदमा छलफल भनेर महाभियोगतर्फ संकेत गरेका छन् । 

उनले लेखेका छन्, 'सबैले सोध्नुहुन्छ अब के हुन्छ? के हुन्छ पछिको कुरा हो। तत्काल के गर्नुपर्छ मूलभूत कुरा हो। न्यायालयको अन्तिम थलो र शान्ति सुरक्षाको अन्तिम आशाको केन्द्र प्रहरीको शिर माथि नै प्रश्न उठेको बेला प्रतिनिधिसभा ले छलफल गर्ने विषय बन्नुपर्छ। सार्वभौमिकताको अन्तिम अस्त्र नै प्रतिनिधिसभा हो। यस्तो अवस्थामा प्रतिनिधिसभा अन्देख भएर बस्न मिल्दैन। यस्तै परिस्थितिका लागि  प्रतिनिधि सभाको अधिवेशन चालु नभएको अवस्थामा प्रतिनिधिसभाका एक चौथाई सदस्यले अधिवेशन आह्वानका लागि माग गरेमा १५ दिनभित्र बैठक बस्न सक्ने संवैधानिक प्रावधानको प्रयोग गर्नुपर्दछ ।' 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भुटानमा शिंताफू हिमताल विस्फोट, बाढीले सडक बगाएपछि लाया क्षेत्र सडक सम्पर्कविहीन

भुटानमा शिंताफू हिमताल विस्फोट, बाढीले सडक बगाएपछि लाया क्षेत्र सडक सम्पर्कविहीन

भुटानको उत्तरी क्षेत्रमा रहेको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले सडक तथा पूर्वाधारमा क्षति पुर्‍याएको छ। बाढीले लाया क्षेत्र जोड्ने सडकको एक खण्ड बगाएपछि दुर्गम...
न्यायाधीशहरु विचौलिया इनम सापकोटालाई भेट्न गएको हिमालय होटलको सिसिटिभी फुटेजमा के छ ?

न्यायाधीशहरु विचौलिया इनम सापकोटालाई भेट्न गएको हिमालय होटलको सिसिटिभी फुटेजमा के छ ?

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले न्यायालयको आचारसंहिता विपरित विचौलिया इनम सापकोटालाई भेटेको खबर बाहिरिएसँगै हिमालय होटलको सिसिटिभी फुटेजको खोजी भएको छ ।
दिग्गज 'स्टार ट्रेक' अभिनेता प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन

दिग्गज 'स्टार ट्रेक' अभिनेता प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन

चर्चित हलिउड चलचित्र शृङ्खला ‘स्टार ट्रेक’ र ‘एक्स-मेन’का महान् तथा दिग्गज अभिनेता सर प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन भएको छ ।
सर्वोच्च अदालतको फूल कोर्ट बैठक बस्दै

सर्वोच्च अदालतको फूल कोर्ट बैठक बस्दै

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतको 'फुल कोर्ट' (पूर्ण बैठक) बोलाएका छन् ।