नेभिगेशन
समाज

पत्रकार पक्राउ र धरपकडप्रति रास्वपाको आपत्ति, बिनासर्त रिहाइको माग

काठमाडौँ । समाचार लेखेकै आधारमा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई कार्यालयमै पुगेर प्रहरीले नियन्त्रणमा लिएको तथा अन्य पत्रकारको खोजी जारी राखेको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर आपत्ति जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाले विज्ञप्ति जारी गर्दै स्वतन्त्र प्रेसलाई भयभीत बनाउने, सञ्चारगृहको गरिमामाथि प्रहार गर्ने र लोकतान्त्रिक संस्थाहरूलाई सङ्कुचित पार्ने गतिविधि लोकतान्त्रिक आचरणविपरीत भएको जनाएको छ ।

Marvel
Extreme Energy

लोकतन्त्रको प्राण र सौन्दर्य स्वायत्त, सक्षम र उत्तरदायी संस्थाहरू भएको उल्लेख गर्दै रास्वपाले नागरिकको आवाज मुखरित गर्ने सञ्चार जगत्को भूमिका अग्रपङ्क्तिमा रहने बताएको छ । कानुन कार्यान्वयनको नाममा स्वतन्त्र प्रेसलाई त्रसित बनाउने कार्य कुनै पनि अवस्थामा स्वीकार्य नहुने पार्टीको भनाइ छ ।

प्रेस स्वतन्त्रतामाथिको प्रहार नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिकै कुठाराघात भएको रास्वपाले जनाएको छ । पत्रकारिताको विश्वव्यापी मूल्य, मान्यता र अभ्यासअनुसार समाचारको स्रोतको गोपनीयता रक्षा गर्नु सञ्चारकर्मीको अहरणीय व्यावसायिक अधिकार, दायित्व र पेसागत धर्म भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समाचारप्रति कसैको विमति, गुनासो वा कानुनी प्रश्न भए त्यसको परीक्षण र निरूपणका लागि राज्यले स्थापित गरेका निश्चित विधि, न्यायिक प्रक्रिया र वैधानिक निकाय रहेको भन्दै रास्वपाले सोही प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा जोड दिएको छ ।

सञ्चारमाध्यमलाई नियमन गर्ने अधिकारप्राप्त संस्थाहरू क्रियाशील रहेकै अवस्थामा स्थापित कानुनी र संस्थागत प्रक्रियालाई छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लङ्घन भएको रास्वपाको ठहर छ ।

पार्टीले पत्रकार पक्राउ र खोजी भइरहेको घटनाको निष्पक्ष, पारदर्शी तथा यथार्थ छानबिन गरी तत्काल सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेको छ । साथै, गैरकानुनी रूपमा नियन्त्रणमा लिइएका सञ्चारकर्मीलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न पनि जोडदार माग गरेको छ ।

कुनै पनि भय, त्रास र अनुचित दबाबमा नपरी निर्भीकतापूर्वक सत्य, तथ्य र निष्ठाको पत्रकारिता जारी राख्न आह्वान गर्दै रास्वपाले सञ्चार जगत्प्रति ऐक्यबद्धता जनाएको छ ।

सञ्चारकर्मीको पेसागत मर्यादा, भौतिक तथा मनोवैज्ञानिक सुरक्षा र संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा आफ्नो अडान सम्झौताहीन रहने उल्लेख गर्दै रास्वपाले सञ्चारकर्मी तथा सञ्चारमाध्यमको अधिकार सुनिश्चितताका लागि सदैव अग्रमोर्चामा उभिने प्रतिबद्धता व्यक्त गरेको छ ।

3a145a85-3b82-4f5c-bf91-8ad986dbdd38-(1)-1793370423.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मिडियाको मुख थुन्न भएका गतिविधि सहि र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

मिडियाको मुख थुन्न भएका गतिविधि सहि र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

शुक्रबार समाचारको विषयमा प्रहरीले नेपाल प्रेस र डिएनए खबरका पत्रकारलाई पक्राउ गरेको थियो भने नयाँ पत्रिका र दियो पोस्टका कार्यालयमा धरपकड गरेको थियो ।
‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संबर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखिएको बताएका हुन् ।
पक्राउ परेका सबै पत्रकार रिहाः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

पक्राउ परेका सबै पत्रकार रिहाः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

उनले भने, ‘‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन् । सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् ।’
नेपाल प्रेसका पत्रकार रिहा, नयाँ पत्रिका कार्यालयबाट बाहिरियो प्रहरी

नेपाल प्रेसका पत्रकार रिहा, नयाँ पत्रिका कार्यालयबाट बाहिरियो प्रहरी

नयाँ पत्रिका दैनिकमा तैनाथ गरिएका प्रहरी पनि फर्किएका छन् । सम्पादक खगेन्द्र पन्त र वरिष्ठ संवाददाता मैनालीलाई शनिबार बिहान १० बजे नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित हुन निर्देशन...

भर्खरै