नेभिगेशन
समाज

मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

काठमाडौँ । राष्ट्रिय स्वतनत्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले प्रहरीले पत्रकारमाथि भएको धरपकडको विरोध गरेकी छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले शुक्रबार पत्रकार र सञ्चारमाध्यममाथि भएको व्यवहार सह्य नभएको बताएकी हुन् । उनले लेखेकी छन्, ‘मिडियाको मुख थुन्न  जे–जस्ता गतिविधि भए ती सहि र सह्य छैनन् ।’ 

Marvel
Extreme Energy

शुक्रबार समाचारको विषयमा प्रहरीले नेपाल प्रेस र डिएनए खबरका पत्रकारलाई पक्राउ गरेको थियो भने नयाँ पत्रिका र दियो पोस्टका कार्यालयमा धरपकड गरेको थियो । 

चौतर्फी विरोध भएपछि प्रहरी पछि हटेको थियो । त्यस्तै प्रधानमन्त्री बालेन शाहले पनि पक्राउ गरिएका पत्रकारलाई तत्काल रिहा गर्न निर्देशन दिएका थिए । पत्रकार विरुद्ध भएको धरपकडबारे सत्ता पक्ष र प्रतिपक्षका सबैको एउटै स्वर देखिएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी र पार्टीका नेताहरुले पनि प्रहरीद्वारा भएको हर्कतको निन्दा गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।
राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

नियुक्त भएका डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।
क्षतिपूर्ति र रोजगारी माग्दै मृतकका आफन्तले बुझेनन् शव

क्षतिपूर्ति र रोजगारी माग्दै मृतकका आफन्तले बुझेनन् शव

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनामा मृत्यु भएकाका परिवार र आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्।
दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेश अस्पताल भर्ना

दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेश अस्पताल भर्ना

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका सर्लाहीका अवधेश यादव आफैं अस्पताल भर्ना भएका छन्।