नेभिगेशन
समाज

आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

पुस मसान्तसम्म २८२ ठेक्काको लक्ष्य

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती महिनामै सिँचाइ विस्तार, नदी नियन्त्रण र जल उत्पन्न विपद् व्यवस्थापनका काममा उल्लेखनीय गति लिएको छ । विभागको प्रगति विवरणअनुसार भदौ मसान्तसम्म राष्ट्रिय गौरवका आयोजना, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, सिँचाइ व्यवस्थापन कार्यालय र भूमिगत जल सिँचाइ आयोजनाहरूबाट गरी १०२ वटा बोलपत्र आह्वान भइसकेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यीमध्ये सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको करिब रु. २० अर्ब ८५ करोड लागत अनुमानको एउटा ठूलो प्याकेज बाहेकका १०१ बोलपत्रको मात्रै कुल लागत अनुमान रु. ३ अर्ब ६३ करोड ६२ लाख पुगेको छ । आर्थिक वर्षको पहिलो दुई महिनामै खरिद प्रक्रिया अघि बढ्नुले यस वर्ष निर्माण कार्य समयमै सुरु हुने र पुँजीगत खर्च बढ्ने अपेक्षा गरिएको विभागका महानिर्देशक दिनेश रजौरियाले बताए । 

Marvel
Extreme Energy

भूमिगत जल सिँचाइमा ३५ बोलपत्र
विभागकाअनुसार तराईका किसानलाई वर्षैभरि पानी उपलब्ध गराउने उद्देश्यले भूमिगत जल सिँचाइ आयोजनाहरू झापा, चितवन, रुपन्देही र कैलालीबाट रु. ३१ करोड ७० लाख लागत अनुमानका ३५ वटा बोलपत्र आह्वान भएका छन् । यीमध्ये झापामा मात्रै २० वटा बोलपत्र आह्वान भएका छन् र झापा आयोजनाको भौतिक प्रगति भदौ मसान्तसम्म १० प्रतिशत पुगेको छ । यी चार आयोजनाले पुस मसान्तसम्म ८३५ हेक्टरमा भूमिगत जल सिँचाइ पुर्याउने लक्ष्य राखेको विभागका सूचना अधिकारी रामप्रसाद पौडेलले बताए । 

मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का
विभागकाअनुसार मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का लागेका छन् । अर्थ मन्त्रालयको २०८३ जेठ ६ गतेको पत्रबाट आपतकालीन नदी नियन्त्रण कार्यका लागि रु. १ अर्ब २४ करोड १२ लाख बराबरको बहुवर्षीय स्रोत सहमति प्राप्त भएको थियो । यसअन्तर्गत विभागका १६ वटा आयोजना र कार्यालयमार्फत ३० भन्दा बढी जिल्लामा नदी नियन्त्रणका काम अघि बढेको सूचना अधिकारी पौडेलले बताए ।

विभागकाअनुसार असार–भदौ अवधिमा मात्रै ८० भन्दा बढी ठेक्का सम्झौता भइसकेका छन्, जसको कुल सम्झौता रकम करिब रु. ८५ करोड ४८ लाख छ । रौतहटको लालबकैया (तेजापाकर) र सर्लाहीको बागमती (ध्रुवा) मा  कोटेशनमार्फत गरिएका संरक्षणका काम सम्पन्न भइसकेका छन् । धनुषा–महोत्तरी–सिराहाका कमला, रातु, मरहा र औरही नदीका ८ वटा ठेक्काको आशयको सूचना भदौ ५ गते प्रकाशित भइसकेको छ ।

चितवनमा नारायणी नदीको भरतपुर महानगरपालिका क्षेत्र र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तर्फ रु. १८ करोड ४१ लाखका ठेक्का लागेका छन् । सुनसरी, मोरङ र उदयपुरका सेउती, शेरा, बक्राहा, बुढी, चिसाङ र त्रियुगा खोलामा रु. १४ करोड ४२ लाखका १२ वटा ठेक्का सम्झौता भएका छन् ।

बर्दियामा कर्णाली, बबई, औरही र आम्बासा नदीमा रु. ९ करोड ३८ लाख र मुस्ताङ, बाग्लुङ, म्याग्दी र पर्वतमा कालीगण्डकी तथा सहायक नदीमा रु. ७ करोड ९९ लाखका ठेक्का लागेका छन् । कैलाली र कञ्चनपुरमा महाकाली, मोहना, कान्द्रा, दोधा लगायतका नदीमा रु. ६ करोड ९३ लाखका ठेक्का सम्झौता भएका छन् ।

सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची र याङ्ग्री–लार्के क्षेत्रमा विद्यालय, स्वास्थ्य चौकी, अस्पताल भवन, क्याम्पस र बस्ती संरक्षणका लागि रु. ६ करोड ८३ लाखका १६ वटा ठेक्का सम्झौता भएको विभागले जनाएको छ ।

पुस मसान्तसम्म २८२ ठेक्काको लक्ष्य
विभागकाअनुसार पुस मसान्तसम्म २८२ वटा बोलपत्र आह्वान गर्ने लक्ष्य राखेको छ, जसको लागत अनुमान करिब रु. ९ अर्ब १६ करोड ४७ लाख छ । सोही अवधिमा थप २ हजार ५४९ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । यसमा सतह सिँचाइ १ हजार ९८ हेक्टर, भूमिगत जल सिँचाइ १ हजार १३५ हेक्टर, लिफ्ट सिँचाइ १९६ हेक्टर र जलाशय सिँचाइ १२० हेक्टर समावेश छन् । यसका साथै राजापुर प्रणालीको १४ हजार १३८ हेक्टरमा मर्मत सम्भारमार्फत सिँचाइ सेवा निरन्तर राख्ने, २२.३३ किलोमिटर तटबन्ध निर्माण गर्ने र २११.५ हेक्टर जग्गा उकास गर्ने लक्ष्य छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेर गति दिइएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

शुक्रबार समाचारको विषयमा प्रहरीले नेपाल प्रेस र डिएनए खबरका पत्रकारलाई पक्राउ गरेको थियो भने नयाँ पत्रिका र दियो पोस्टका कार्यालयमा धरपकड गरेको थियो ।
‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संबर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखिएको बताएका हुन् ।
पक्राउ परेका सबै पत्रकार रिहाः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

पक्राउ परेका सबै पत्रकार रिहाः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

उनले भने, ‘‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन् । सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् ।’

भर्खरै