नेभिगेशन
समाज

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले सो प्रतिवेदन सभामा पेश गर्ने निर्णय भएको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसैगरी प्रवक्ता शेर्पाका अनुसार बैठकले यही कात्तिक ८ गते धनकुटा, भोजपुर र उदपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन भएको छ ।

Extreme Energy

बैठकबाट मृतक परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै दुर्घटनामा हराइ रहेका व्यक्तिको खोजी गर्न सम्बन्धित निकायमा आग्रह गर्ने निर्णय भएको प्रवक्ता शेर्पाले बताए । उनले कोशी प्रदेश समन्वयात्मक पर्यटकीय सेवा कक्ष तथा ‘हटलाइन’ सञ्चालन निर्देशिका, २०८३ स्वीकृत भएको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा बेपत्ता बुद्धिमानको ६० दिनपछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशी बाढीमा बेपत्ता बुद्धिमानको ६० दिनपछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका उदयपुर कटारी नगरपालिका–५ सोक्लाका २० वर्षीय बुद्धिमान परियार ६० दिनसम्म पनि फेला नपरेपछि परिवारले कुशको प्रतीकात्मक शव बनाएर दाहसंस्कार गरेको छ।
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आजदेखि नै आंशिक बदली हुने तथा बुधबारदेखि वर्षा र हिमपातको सम्भावना छ ।
बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

शान्तिबजारमा ५८ घरधुरी रहेको स्थानीय राजकुमार खत्रीले बताए । उनका अनुसार बाढीले बस्तीका अधिकांश घरमा बस्नै नसक्ने गरी क्षति पुर्‍याएको छ। घरभित्र रहेका सामानसमेत बगाएको वा पुरेको अवस्थामा...
इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ ।