नेभिगेशन
कर्पाोरेट

एनपीएलमा ‘म्यान अफ द म्याच’ बन्ने खेलाडीलाई एक्स्ट्रिमले चाँदीको बल दिने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारअन्तर्गत चाँदीको बल प्रदान गर्ने भएको छ । खेलाडीको कौशल, मेहनत र व्यक्तिगत प्रदर्शनलाई विशेष सम्मान दिने उद्देश्यले कम्पनीले यो पहल सुरु गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आठ टोली सहभागी एनपीएलमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ । ती टोलीका उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गरिनेछ । एक्स्ट्रिम प्रायोजित दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडीले यो सम्मान प्राप्त गर्नेछन् । यसले खेलको नतिजासँगै व्यक्तिगत प्रतिभा र प्रदर्शनलाई समेत महत्त्व दिनेछ ।

Marvel
Extreme Energy

एनपीएलको पहिलो खेलबाटै चाँदीको बल पुरस्कारको सुरुवात भइसकेको छ । सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन् ।

उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्दै खेलाडीमा थप उत्साह र प्रतिस्पर्धात्मक भावना जगाउने एक्स्ट्रिमको यस पहलले एनपीएलको रोमाञ्च बढाउनुका साथै नेपाली क्रिकेटप्रतिको आकर्षण र समर्थकको उत्साहमा थप ऊर्जा दिने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।
राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

नियुक्त भएका डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।
क्षतिपूर्ति र रोजगारी माग्दै मृतकका आफन्तले बुझेनन् शव

क्षतिपूर्ति र रोजगारी माग्दै मृतकका आफन्तले बुझेनन् शव

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनामा मृत्यु भएकाका परिवार र आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्।
दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेश अस्पताल भर्ना

दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेश अस्पताल भर्ना

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका सर्लाहीका अवधेश यादव आफैं अस्पताल भर्ना भएका छन्।