नेभिगेशन
नेताका कुरा

देशभर संवाद अभियान चलाउने थापाको घोषणा

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एक ढिक्का बनाउन  विशेष संवाद अभियान सञ्चालन गर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको सम्मान कार्यक्रममा सभापति थापाले आन्तरिक प्रतिस्पर्धाको तिक्तता छोडेर पार्टीसँग टाढिएका मतदाता र परिवारलाई पुनः जोड्न कांग्रेसले विशेष संवाद अभियान सञ्चालन गर्ने बताएका हुन् । 

Extreme Energy

उनले पार्टीको आन्तरिक निर्वाचनलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँदै पार्टीभित्रका गुटहरु समाप्त भइसकेकाले कटुता पनि मेट्नुपर्ने बताए । कांग्रेसमा अहिले २० वर्षदेखि ८० वर्षसम्मका चार पुस्ता एकैसाथ क्रियाशील रहेको उल्लेख गर्दै सभापति थापाले यसलाई पार्टीको अलौकिक पुँजीको रुपमा चित्रण गरे । सभापति थापाले पार्टीबाट बिगतमा भएका कमी कमजोरीलाई सच्चाएर लोकतन्त्र जोगाउनका लागि केन्द्रीत हुने पनि बताए । 

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पहिले कांग्रेस रहेका तर पछिल्लो समय अर्कै पार्टीलाई मतदान गरेकाहरूलाई पुनः पार्टीमा जोड्न संवाद आवश्यक रहेको बताए । कार्यक्रममा लामो समयदेखि कांग्रेसमा रहेर समाज रुपान्तरणमा भूमिका निर्वाह गरेका  गण्डकी प्रदेशका ११ जिल्लाका अग्रज नेताहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
चितवनसँग ८ रनले हार्‍यो विराटनगर

चितवनसँग ८ रनले हार्‍यो विराटनगर

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...