नेभिगेशन
समाज

सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

एजेन्सी। कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

क्षेत्रीय अधिकारीहरूका अनुसार सोमबार राति खोजी तथा उद्धार कार्य समाप्त भएको छ। नारिनो प्रान्तीय सरकारले सान्ता बार्बरा डे इस्कुआन्डे सहरनजिकै दुर्घटना भएको जनाएको छ।

Ncell
Extreme Energy

सरकारले घटनाले अनौपचारिक रूपमा सञ्चालन भइरहेका खानीमा रहेको जोखिमलाई पुनः उजागर गरेको बताएको छ। तीन महिनाभन्दा कम अवधिमा प्रान्तमा दुईवटा खानी भत्किँदा २७ जनाको मृत्यु भएको पनि सरकारले जनाएको छ।

घना वर्षावनले घेरिएको सान्ता बार्बरा डे इस्कुआन्डे पुग्न डुङ्गा वा साना विमानको सहारा लिनुपर्छ। दुर्गम भौगोलिक अवस्थाका कारण उद्धार तथा सहायता टोलीलाई घटनास्थल पुग्न कठिन भएको थियो।

नारिनोका गभर्नर लुइस अल्फोन्सो एस्कोबारले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घटनाबाट पूरै परिवार प्रभावित भएको बताएका छन्।

कोलम्बियामा सरकारी अनुमति नलिई सञ्चालन गरिएका सयौँ साना खानी छन्। तीमध्ये केही सशस्त्र विद्रोही समूहको नियन्त्रणमा छन्। उक्त क्षेत्रमा सन् २०१६ को शान्ति सम्झौतामा सहभागी हुन अस्वीकार गरेका फार्कका पूर्वसदस्यको नेतृत्वमा रहेको ज्याकोबो एरेनास समूहसहित दुई विद्रोही समूह सक्रिय रहेको बताइएको छ।

कोलम्बियाको लोकपाल कार्यालयले सशस्त्र समूहहरूलाई प्रभावित सहरमा मानवीय सहायता पुर्‍याउन अवरोध नगर्न आग्रह गरेको छ।

‘हाम्रा सबै प्रयास जीवन बचाउन र यस आपत्कालीन अवस्थाको सामना गर्न केन्द्रित हुनुपर्छ,’ कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत भनेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

तामाकोशी नदी आसपासका खेतमा पाकेको धानले फाँटहरू पहेँलपुर देखिएका छन् । धानका बाला झुलेसँगै किसानहरूलाई वर्षभरि गरेको मेहनतको प्रतिफल भित्र्याउने चटारो सुरु भएको छ ।
सुर्खेतमा फोर्स गाडी दुर्घटना, नौ जना घाइते

सुर्खेतमा फोर्स गाडी दुर्घटना, नौ जना घाइते

सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र छ जनाको सामान्य रहेको प्रहरीले जनाएको छ।
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान

जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित अन्तरिक्ष अभियान सुरु गरेको छ। वैज्ञानिकहरूले यस अभियानबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवन सुरु हुन अनुकूल परिस्थिति...