नेभिगेशन
समाज

ग्यालेक्सी टिभीमा सहकारीबाट गएका रकमका विषयमा रवि लामिछानेलाई जोड्न उचित छैनः जीबी राई

राई भन्छन्- सहकारीको रकम फिर्ता गर्न तयार छु, पक्राउ नै समाधान होइन

काठमाडौं । जीबी राईले ग्यालेक्सी टिभीमा सहकारीबाट गएको सम्पूर्ण रकमको जिम्मेवारी आफूले लिने बताएका छन्। गोरखा मिडिया नेटवर्कको अध्यक्षको हैसियतले आर्थिक स्रोत व्यवस्थापनको जिम्मेवारी आफ्नो भएको उल्लेख गर्दै उनले यसमा अन्य सञ्चालकको संलग्नता नरहेको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘ग्यालेक्सी टिभीमा सहकारीबाट गएको सम्पूर्ण रकमको जिम्मेवारी अध्यक्षको हैसियतले मेरो नै जिम्मेवारीभित्र पर्छ,’ उनले भनेका छन्, ‘गोरखा मिडिया नेटवर्क मेरो हो, म सम्बन्धित सहकारीसँगको जिम्मेवारी पनि मेरो हो, अरू कसैको होइन, समाधानको जिम्मेवारी पनि मेरो हो।’

Marvel
Extreme Energy

सिधाकुरालाई पठाएको विज्ञप्तिमा राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीलाई यस विषयसँग जोड्नु उचित नभएको जिकिर गरेका छन्। कर्मचारी वा अन्य व्यक्तिको नाम तथा कागजात अभिलेख राख्ने क्रममा दुरुपयोग भएको हुन सक्ने भन्दै उनले त्यस विषयमा अरूलाई अनावश्यक रूपमा जोड्न नहुने उनको भनाइ छ।

सहकारीसँग सम्बन्धित पूर्व तथा वर्तमान सञ्चालक, कर्मचारी र शुभचिन्तकहरू आफूले नगरेको कामका कारण पीडित भएको भए उनीहरूसँग राईले क्षमायाचना पनि गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइटियु महासम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण रह्यो : सञ्चारमन्त्री तिमिल्सिना

आइटियु महासम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण रह्यो : सञ्चारमन्त्री तिमिल्सिना

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु)को महासम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण र प्रभावकारी रहेको बताएका छन्।
ह्वात्तै घट्यो सुनचाँदीको भाउ

ह्वात्तै घट्यो सुनचाँदीको भाउ

तिहारपछि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको हो।
बाबुराम भट्टराईको टिप्पणी- सडक दुर्घटना राज्यको संगठित अपराधजस्तै भयो

बाबुराम भट्टराईको टिप्पणी- सडक दुर्घटना राज्यको संगठित अपराधजस्तै भयो

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं–हेटौंडा सडकमार्गमा भएको पछिल्लो दुर्घटनामा एउटै गाउँका १४ जनाको मृत्यु र ६ जना घाइते भएको घटनालाई राज्यको लापरबाहीको परिणाम भन्दै सडक सुरक्षामा गम्भीर हुन...
सडक दुर्घटनामा नागरिकको ज्यान गइरहने, सरकार कहिले गम्भीर हुने ? : आङ्देम्बे

सडक दुर्घटनामा नागरिकको ज्यान गइरहने, सरकार कहिले गम्भीर हुने ? : आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले ठोस कदम चाल्नुपर्ने बताएका छन्।