नेभिगेशन
समाज

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान

सन् २०३१ सम्म पृथ्वीमा नमूना ल्याउने लक्ष्य, अभियानले मङ्गलका चन्द्रमाको उत्पत्तिबारे रहस्य खोल्ने अपेक्षा

एजेन्सी । जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित अन्तरिक्ष अभियान सुरु गरेको छ। वैज्ञानिकहरूले यस अभियानबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवन सुरु हुन अनुकूल परिस्थिति कसरी बन्यो भन्नेबारे नयाँ तथ्य पत्ता लाग्ने अपेक्षा गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का अनुसार मानवरहित मार्सियन मुन एक्सप्लोरेसन (एमएमएक्स) यान बोकेको एच–३ रकेट जापानको तानेगासिमा अन्तरिक्ष केन्द्रबाट मङ्गलबार बिहान प्रक्षेपण गरिएको हो। प्रक्षेपणको एक घण्टाभन्दा बढी समयपछि यान रकेटबाट सफलतापूर्वक छुट्टिएको थियो।

Ncell
Extreme Energy

अन्तरिक्ष यान सन् २०२७ को अगस्टमा मङ्गल ग्रहको नजिक पुग्नेछ। त्यसपछि यसले फोबोसको परिक्रमा गर्दै कम्तीमा १० ग्राम सतही पदार्थ सङ्कलन गर्ने योजना छ। अभियानमा फ्रान्सेली–जर्मन रोभर ‘इडफिक्स’ पनि सहभागी हुनेछ। रोभरले फोबोसको सतहको अवलोकन गर्नुका साथै त्यहाँ सुरक्षित अवतरण गर्ने प्रयास गर्नेछ।

मङ्गलका चन्द्रमा कसरी बने?

जाक्साका अनुसार अभियानको प्रमुख उद्देश्य मङ्गल ग्रह र यसका दुई चन्द्रमा फोबोस तथा डिमोसको उत्पत्तिबारे जानकारी जुटाउनु हो।

वैज्ञानिकहरूबीच यी चन्द्रमाको उत्पत्तिबारे दुई प्रमुख सिद्धान्त छन्। पहिलो सिद्धान्तअनुसार मङ्गल ग्रह र अर्को खगोलीय पिण्डबीच ठक्कर हुँदा निस्किएका पदार्थबाट चन्द्रमा बनेका हुन्। दोस्रो सिद्धान्तले मङ्गलको गुरुत्वाकर्षणले क्षुद्रग्रहलाई तानेपछि ती चन्द्रमा बनेको मान्छ।

फोबोसबाट ल्याइने नमूनाको अध्ययनले यीमध्ये कुन सिद्धान्त सही हो भन्ने पत्ता लगाउन सहयोग पुग्ने वैज्ञानिकहरूको विश्वास छ। यसबाट चट्टानी ग्रहमा जीवनका लागि अनुकूल वातावरण कसरी विकसित भयो भन्ने बुझ्न पनि मद्दत मिल्न सक्छ।

अमेरिकी अन्तरिक्ष निकाय नासाकी विज्ञान अभियान निर्देशनालयकी प्रशासक निकी फक्सले नमूनाको अध्ययनले भविष्यमा मङ्गल ग्रहमा मानव पठाउने तयारीमा सहयोग पुग्ने बताएकी छन्। अभियानमा अमेरिका, युरोपेली अन्तरिक्ष एजेन्सी, विभिन्न विश्वविद्यालय र प्रविधि कम्पनीले पनि सहकार्य गरेका छन्।

मङ्गलका नमूनाका लागि अमेरिका र चीनको प्रतिस्पर्धा

जापानको अभियान मङ्गलका चन्द्रमाबाट नमूना ल्याउने लक्ष्यमा केन्द्रित छ। यसैबीच, अमेरिका र चीन मङ्गल ग्रहकै सतहबाट चट्टानका नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने अभियानमा छन्।

नासाको ‘पर्सिभरेन्स’ रोभरले सन् २०२१ देखि मङ्गलमा नमूना सङ्कलन गरिरहेको छ। तर ती नमूना पृथ्वीमा फर्काउने अमेरिकी अभियान रद्द गरिएको छ।

चीनले भने सन् २०२८ तिर तियानवेन–३ अभियान प्रक्षेपण गरी सन् २०३१ सम्ममा मङ्गल ग्रहका नमूना पृथ्वीमा ल्याउने लक्ष्य राखेको छ।

यी अभियानबाट प्राप्त हुने नमूनाले मङ्गल ग्रह र सौर्यमण्डलको इतिहासबारे वैज्ञानिक बुझाइ विस्तार गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

तामाकोशी नदी आसपासका खेतमा पाकेको धानले फाँटहरू पहेँलपुर देखिएका छन् । धानका बाला झुलेसँगै किसानहरूलाई वर्षभरि गरेको मेहनतको प्रतिफल भित्र्याउने चटारो सुरु भएको छ ।
सुर्खेतमा फोर्स गाडी दुर्घटना, नौ जना घाइते

सुर्खेतमा फोर्स गाडी दुर्घटना, नौ जना घाइते

सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र छ जनाको सामान्य रहेको प्रहरीले जनाएको छ।
सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।