नेभिगेशन
समाज

जटिल प्रसूति भएकी १७ वर्षीया किशोरीको हेलिकोप्टरबाट उद्धार

काठमाडौँ । जटिल प्रसूति समस्या देखिएपछि जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीया किशोरीलाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत पुर्‍याइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रममार्फत उनको उद्धार गरिएको हो।

Ncell
Extreme Energy

मन्त्रालयका अनुसार किशोरीको उद्धारमा नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरिएको थियो।

राष्ट्रिय महिला सशक्तीकरण परियोजनाले आपत्कालीन सहयोग आवश्यक पर्ने गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धारलगायतका माध्यमबाट सहयोग गर्दै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

तामाकोशी नदी आसपासका खेतमा पाकेको धानले फाँटहरू पहेँलपुर देखिएका छन् । धानका बाला झुलेसँगै किसानहरूलाई वर्षभरि गरेको मेहनतको प्रतिफल भित्र्याउने चटारो सुरु भएको छ ।
सुर्खेतमा फोर्स गाडी दुर्घटना, नौ जना घाइते

सुर्खेतमा फोर्स गाडी दुर्घटना, नौ जना घाइते

सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र छ जनाको सामान्य रहेको प्रहरीले जनाएको छ।
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान

जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित अन्तरिक्ष अभियान सुरु गरेको छ। वैज्ञानिकहरूले यस अभियानबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवन सुरु हुन अनुकूल परिस्थिति...