नेभिगेशन
समाज

सुर्खेतमा फोर्स गाडी दुर्घटना, नौ जना घाइते

तीन जनाको अवस्था मध्यम, चालक फरार

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र छ जनाको सामान्य रहेको प्रहरीले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी मंगलबार बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको थियो।

Ncell
Extreme Energy

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाइते नौ जनालाई उपचारका लागि पञ्चपुरी आधारभूत अस्पताल लगिएको थियो। मध्यम अवस्था रहेका तीन जनामध्ये हेमन्त तिमल्सिनालाई थप उपचारका लागि बिहान ११ः३० बजे प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा रिफर गरिएको छ।

तीन जनाको अवस्था मध्यम

दुर्घटनामा अछामको तुर्माखाँद गाउँपालिका–६ की २७ वर्षीया जीवनकला बयक, अछामको विनायक नगरपालिका–१ का २५ वर्षीय हेमन्त तिमल्सिना र कैलालीको लम्कीचुहा नगरपालिका–४ का २० वर्षीय गोपाल बोगटी घाइते भएका छन्।

प्रहरीका अनुसार तीनै जनाको टाउको र हातमा चोट लागेको छ।

छ जना सामान्य घाइते

दुर्घटनामा कैलालीका तीन वर्षीय समिर बादी, दैलेखको ठाटीकाँध गाउँपालिका–३ का ४१ वर्षीय बिर्ख टमटा र २० वर्षीया शारदा टमटा, अछामको कमलबजार नगरपालिका–७ का १५ वर्षीय निरज भण्डारी, अछामको विनायक नगरपालिका–८ का ३५ वर्षीय धिराज विक र कैलालीको लम्कीचुहा नगरपालिका–४ की २० वर्षीया शान्ति भण्डारी पनि घाइते भएका छन्।

प्रहरीका अनुसार समिरको टाउको र हातमा, बिर्खको हातमा, शारदाको टाउकोमा, निरज र धिराजको हातमा तथा शान्तिको टाउकोमा चोट लागेको छ। उनीहरू सबैको अवस्था सामान्य रहेको छ।

अन्य १० जना सकुशल, चालकको खोजी जारी

दुर्घटनामा परेको गाडीमा सवार अन्य १० जना यात्रु बालबालिकासहित सकुशल रहेका छन्। उनीहरूलाई सम्बन्धित समितिसँग समन्वय गरी गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गाडी अछामको विनायक नगरपालिका निवासी करिब ३५ वर्षीय विष्णु शाहीले चलाएका थिए। दुर्घटनापछि उनी फरार रहेको र उनको खोजी भइरहेको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सालकोटबाट दुई जना र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी नायब निरीक्षक बुद्धिसागर चौधरीको कमान्डमा ट्राफिकसहित छ जनाको टोली घटनास्थलमा खटिएको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

तामाकोशी नदी आसपासका खेतमा पाकेको धानले फाँटहरू पहेँलपुर देखिएका छन् । धानका बाला झुलेसँगै किसानहरूलाई वर्षभरि गरेको मेहनतको प्रतिफल भित्र्याउने चटारो सुरु भएको छ ।
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान

जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित अन्तरिक्ष अभियान सुरु गरेको छ। वैज्ञानिकहरूले यस अभियानबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवन सुरु हुन अनुकूल परिस्थिति...
सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।