नेभिगेशन
समाज

भोटेकोशी बाढीमा बेपत्ता बुद्धिमानको ६० दिनपछि कुशको शव बनाएर दाहसंस्कार

कमाएर पाल्छु भन्दै रसुवा पुगेका छोराको अत्तोपत्तो नलागेपछि भावविह्‍वल छन् बुद्धिमानका बाबु आमा

उदयपुर । भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका उदयपुर कटारी नगरपालिका–५ सोक्लाका २० वर्षीय बुद्धिमान परियार ६० दिनसम्म पनि फेला नपरेपछि परिवारले कुशको प्रतीकात्मक शव बनाएर दाहसंस्कार गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रसुवाको टिमुरेस्थित घट्टेखोलामा रहेको मोटरसाइकल ग्यारेजमा काम गर्न गएको करिब छ महिनापछि बुद्धिमान भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता भएका थिए। घटनापछि परिवार उनको अवस्था थाहा पाउने र जीवितै नभेटिए शव भए पनि फेला पर्ने प्रतीक्षामा थियो । तर, ६० दिनसम्म पनि कुनै अत्तोपत्तो नलागेपछि परिवारले हिन्दू धार्मिक परम्पराअनुसार कुशको प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरेको हो।

Extreme Energy

बुद्धिमानकी आमा मिना परियारले छोराको अनुहारसमेत हेर्न नपाई दाहसंस्कार गर्नुपर्दा दुःख व्यक्त गरिन्। “कमाएर सुखसँग पाल्छु भन्दै कमाउन गएको छोराको मुखसमेत हेर्न नपाई दाहसंस्कार गर्नुपर्‍यो,” उनले भनिन्।

त्यस्तै, बुद्धिमानका बुबा खुसबहादुर परियारले अझै पनि छोरा फर्किने आशा मनमा रहेको बताए। “अझै पनि छोरा आउँछ कि भन्ने आश लाग्छ। तर, ६० दिन बितिसक्यो, अब कसरी मन बुझाउनु?” उनले भावुक हुँदै भने।

हिन्दू धार्मिक परम्पराअनुसार शव फेला नपरेको अवस्थामा कुशबाट प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गर्ने प्रचलन छ। सोही परम्पराअनुसार परिवारले दाहसंस्कार गरेको हो।

kush-2-1793086127.jpg

kush-3-1793086126.jpg

kush-1793086126.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आजदेखि नै आंशिक बदली हुने तथा बुधबारदेखि वर्षा र हिमपातको सम्भावना छ ।
बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

शान्तिबजारमा ५८ घरधुरी रहेको स्थानीय राजकुमार खत्रीले बताए । उनका अनुसार बाढीले बस्तीका अधिकांश घरमा बस्नै नसक्ने गरी क्षति पुर्‍याएको छ। घरभित्र रहेका सामानसमेत बगाएको वा पुरेको अवस्थामा...
इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ ।
शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न  सहज भयो’

शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न  सहज भयो’

अन्नपूर्ण–५ का धोस्केखोर, किन्दु, झारवाङ र घिरवाङमा ४५ घर छन् । पोखरा, काठमाडौँलगायत सहरमा बसाइँ सरेका परिवारबाहेक ३५ घरपरिवार गाउँमै बसोबास गर्थे । गत असोज ८ देखि ११...