नेभिगेशन
समाज

वीरगञ्ज सुक्खा बन्दरगाहमा पूर्वाधार समितिका सभापतिको अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नं ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र वीरगञ्ज एकीकृत जाँचचौकीको स्थलगत अनुगमन गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत निजी क्षेत्रमार्फत सञ्चालन भइरहेका बन्दरगाहहरूको भौतिक पूर्वाधार, व्यवस्थापकीय अवस्था तथा सञ्चालन प्रक्रियाबारे जानकारी लिने उद्देश्यले उनीहरुले अनुगमन गरेका हुन् । 

Extreme Energy

इन्टरमोडल यातायात विकास समिति र पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीबीच एकीकरण भएपछि हाल यी बन्दरगाह पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीमार्फत सञ्चालन भइरहेका छन्। 

अनुगमनका क्रममा उनीहरुले पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीका सहायक प्रबन्धक कमल ज्ञवाली, सुक्खा बन्दरगाह सञ्चालक कम्पनी प्रिस्टिन भ्यालीका प्रमुख कार्यकारी अधिकृत राजीव मोहन झा तथा एकीकृत जाँचचौकी सञ्चालक कम्पनी टीआरएस लजिपार्कका व्यवस्थापक गणेशप्रसाद घिमिरेलगायतसँग छलफल गरेका थिए । 

छलफलका क्रममा बन्दरगाहका प्रवेशद्वार २४ घण्टा सञ्चालन हुने व्यवस्था मिलाउन सञ्चालक कम्पनीहरूले आग्रह गरेका थिए। यस विषयमा पूर्वाधार विकास समितिका सभापति गजुरेलले आवश्यक सहजीकरणका लागि भन्सार विभागका महानिर्देशकलाई अनुरोध गरे । 

हाल वीरगञ्ज सुक्खा बन्दरगाहमा औसतमा मासिक ११० वटा मालवाहक रेल आउने गरेका छन् भने वीरगञ्ज एकीकृत जाँचचौकीमा दैनिक औसत ८०० वटा मालवाहक सवारीसाधन आवतजावत गर्ने गरेका छन्। सो क्रममा सभापति गजुरेलले रेलसम्बन्धी पूर्वाधारको प्रभावकारी उपयोग, रेल सञ्चालनलाई थप व्यवस्थित बनाउने तथा मालसामानको ढुवानी प्रक्रियालाई सहज र प्रभावकारी बनाउन पनि निर्देशन दिए । 

नेपालमा रासायनिक मलको आपूर्तिमा रेलमार्गको महत्त्वपूर्ण भूमिका रहेकाले मल आयातसँग सम्बन्धित भन्सार प्रक्रिया सहज, छरितो र व्यवस्थित बनाउन पनि सभापति गजुरेलले निर्देशन दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा बेपत्ता बुद्धिमानको ६० दिनपछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशी बाढीमा बेपत्ता बुद्धिमानको ६० दिनपछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका उदयपुर कटारी नगरपालिका–५ सोक्लाका २० वर्षीय बुद्धिमान परियार ६० दिनसम्म पनि फेला नपरेपछि परिवारले कुशको प्रतीकात्मक शव बनाएर दाहसंस्कार गरेको छ।
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

निर्माण कम्पनीले समेत काममा ढिलाइ गरेकाले पुस मसान्तसम्ममा काम सम्पन्न हुने अवस्था नदेखिएको उनको भनाइ छ । यस्तै निर्माण सामग्रीको मूल्यवृद्धि, मौसम परिवर्तन र पुराना संरचनामा निर्माण गर्नुपर्नेलगायतका...
तोलामा ८०० बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

तोलामा ८०० बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ९७० कायम छ ।
रवि लामिछानेविरुद्ध यसरी षडयन्त्र गरेका थिए कांग्रेस/एमालेले, पीडितले धमाधम मुख खोल्दै

रवि लामिछानेविरुद्ध यसरी षडयन्त्र गरेका थिए कांग्रेस/एमालेले, पीडितले धमाधम मुख खोल्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले पनि सहकारी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका छन् ।

भर्खरै