नेभिगेशन
समाज

बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

गोरखा । बुढीगण्डकी नदीमा असोज २५ गते आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले बस्तीका घरहरू भत्काउनुका साथै खाद्यान्न, लत्ताकपडा, विद्युतीय उपकरण, पशुपन्छी र खेतीयोग्य जमिनमा क्षति पुर्‍याएपछि स्थानीय बासिन्दा बास र गाँसको चिन्तामा परेका छन्। शान्तिबजारमा ५८ घरधुरी रहेको स्थानीय राजकुमार खत्रीले बताए । उनका अनुसार बाढीले बस्तीका अधिकांश घरमा बस्नै नसक्ने गरी क्षति पुर्‍याएको छ। घरभित्र रहेका सामानसमेत बगाएको वा पुरेको अवस्थामा छन्। बाढीअघि गण्डकी नदी बस्तीको अर्कोतर्फबाट बग्ने गरेकामा अहिले घरआँगनबाटै नदी बगिरहेको उनले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'पुरै ध्वस्त भयो, केही छैन। ५८ घरधुरी रहेको हाम्रो बस्तीमा एउटा पनि घर काम लाग्ने अवस्थामा छैन। निकाल्न सकिने भनेको जस्तापाता मात्रै हो,' खत्रीले भने, 'धान, कुखुरा, टिभी, फ्रिज सबै नष्ट भएका छन्। अहिले हामीसँग केही बाँकी छैन।' बाढीबाट विस्थापित परिवारलाई तत्काल बसोबासको व्यवस्था गर्नुपर्ने अवस्था रहेको उनले बताए। नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको पालमा अहिले २८ घरधुरीका परिवार बसिरहेको खत्रीले जानकारी दिए। अन्य परिवारले भने साना टहरा बनाएर अस्थायी रूपमा आश्रय लिइरहेका छन्।

Extreme Energy

सरकारले प्रभावित परिवारलाई छ महिनासम्म मासिक १५ हजार रुपैयाँका दरले घरभाडा उपलब्ध गराउने घोषणा गरेको जानकारी पाएको उनले बताए। तर, बाढीले घरसँगै दैनिक जीवनयापनका आधारसमेत नष्ट गरेपछि प्रभावित परिवारलाई पुनः सामान्य अवस्थामा फर्कन चुनौती देखिएको छ। बाढीले घर मात्र नभई पशुपालन र कृषिमा निर्भर परिवारको जीविकोपार्जनमा समेत असर पारेको छ।

स्थानीय घारे गुरुङका अनुसार उनको दुई रोपनी जमिनमा लगाइएको खेती नष्ट भएको छ। बाख्रा, गाई, कुखुरालगायत पशुपन्छी पालेर जीविकोपार्जन गर्दै आएका उनलाई बाढीले थप आर्थिक संकटमा पारेको छ। 'मेरो दुई रोपनी जमिनको खेती गयो। अरू क्षतिको त हिसाब नै छैन,' गुरुङले भने।बाढीले घर, खेतबारी र पशुपन्छीमा क्षति पुर्‍याएपछि स्थानीयको आम्दानीको स्रोत गुमेको छ । घरबारविहीन भएका परिवारलाई तत्काल सुरक्षित आवास, खाद्यान्न, लत्ताकपडा र सरसफाइका सामग्री आवश्यक देखिएको छ । 
तस्बिर : नेपाल फोटो लाइब्रेरी 

Shanti-Bajar_Aarughat--2508-1792990237.jpg

Shanti-Bajar_Aarughat--2504-1792990237.jpg

Shanti-Bajar_Aarughat--2509-1792990236.jpg

Shanti-Bajar_Aarughat--2507-1792990235.jpg

Shanti-Bajar_Aarughat--2506-1792990234.jpg

Shanti-Bajar_Aarughat--2496-1792990234.jpg

Shanti-Bajar_Aarughat--2505-1792990232.jpg

Shanti-Bajar_Aarughat--2502-1792990232.jpg

Shanti-Bajar_Aarughat--2495-1792990230.jpg

Shanti-Bajar_Aarughat--2498-1792990230.jpg

Shanti-Bajar_Aarughat--2503-1792990228.jpg

Shanti-Bajar_Aarughat--2501-1792990228.jpg

Shanti-Bajar_Aarughat--2512-1792990226.jpg

Shanti-Bajar_Aarughat--2497-1792990226.jpg

Shanti-Bajar_Aarughat--2500-1792990224.jpg

Shanti-Bajar_Aarughat--2510-1792990224.jpg

Shanti-Bajar_Aarughat--2511-1792990222.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल

सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल

ललितपुर महानगरपालिका–१३ स्थित चक्रपथ क्षेत्रमा निर्माण भइरहेको यो पुल करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। २०८० फागुनमा निर्माण सुरु भएको पुल सम्झौताअनुसार एक वर्षभित्र...
सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद...
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...